लिम्बुवान मञ्च सुनसरीको अध्यक्षमा पुनः अमर इजम ,नगरमा सञ्जुहाङ साँवा सर्वसम्मत

  • कार्तिक २७, २०७८
  • ५,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ कार्तिक ःसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरी र धरान नगरको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

धरानमा भएको जिल्ला सम्मेलन र नगर सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

धरानको इजिराइडर सभाहलमा सम्पन्न अधिवेशनले सुनसरी जिल्ला अध्यक्षमा पुनःअम्मर इजम सर्वसम्मत चुनिएका छन् ।

limbuwan = 2 final

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पदम खेवाङ, उपाध्यक्षहरुमा देउमान लिम्बू, नरबहादुर लिम्बू, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहिर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ निर्वाचित भएका छन् । सचिवमा निर्मल राई, पदम तामाङ, कृष्टिना राई र अर्थसचिवमा मित्रप्रसाद पतङ्वा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बुद्ध लिम्बू, निस्ता वनेम, राजेन्द्र लाबुङ, प्रकाश लिम्बू इधिङ्गो, विकास राउत, जीतमान थलङ, कृष्ण लिम्बू लिङदेन, रिना राई, दिलकुमार लिम्बू, दुर्गाधन राई, याम थलङ लिम्बू, दिलकुमार लाबुङ, सुरेन्द्र इवा, राम चोङबाङ क्याक, हस्तमाया राई लिम्बू, नानु लिम्बू, कमला लिम्बू, काजीमान खापुङ, सपना लिम्बू, सूर्य वनेम, कल्पना लिम्बू, रेखा गजमेर, जदुलाल पाल, रामकुमारी खापुङ, तेज वनेम, खेम खड्का, मनी साँवा लिम्बू, दिलकुमारी लिम्बू ९लावती०, इन्द्र पोमु, महेन्द्र सम्वाहाम्फे, सीता विश्वकर्मा, उदीप लिम्बू, नर्वदा लिम्बू, प्रेमराज कार्की, जीवन याक्खा, इन्द्रबहादुर मादेन, सरिता राई अधिकारी, विनोद केदेम रहेका छन् ।

यस्तै, राजेश अग्रवाल र लालकुमार नाल्बो जिल्ला सल्लाहकारमा मनोनित भए ।

त्यसैगरी सोही अधिवेशनले पुनः सञ्जुहाङ लिम्बू साँवालाई धरान नगर समितिको अध्यक्षमा चयन गरेको छ ।

limbuwan photo = 33

नवगठित समितिको उपाध्यक्षहरुमा मोहन तिगेला, अर्जुन खड्का, दीपक लावती, रामकुमारी मादेन लिम्बू, सचिवहरुमा ईश्वरी मगर र गोपाल पालुङ्वा चयन भए ।

यस्तै, सह–सचिवहरुमा संगीता आलेमगर, धनशोर लिम्बू र अर्थसचिवमा ललित पालुङवा लिम्बू रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा राजेश सुनुवार, रमेश राई, नरेन्द्र बराइली, भिम मगर, राजकुमार याक्खा, विनोद मिभक, अमर तुम्वाहाम्फे, शुक्रराज राई, दिला वनेम लिम्बू र चित्रानी लिम्बू रहेका छन् ।अधिवेशनको उद्घाटन मञ्चका संघीय अध्यक्ष कुमार ल्ङिदेनले गरेका थिए ।

कार्यक्रममा प्रान्तीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे, प्रान्तीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सचिवद्वय भुपेन्द्रसुन्दर लावती, विष्णुमाया थापा भट्टराई, सचिवालय सदस्य तथा दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, बलराम सदा र केदार पोख्रेल र दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्र का प्रतिनिधि उद्धव लिम्वू्र लगायत नेताहरुले शुभकामना व्यक्त गरेका थिए

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic