क्षेत्रीय सभापतिमा सुजेन्द्र तामाङ प्यानलको उम्मेद्वारी घोषणा मेयर तिलक राईको समूहलाई भारीमतका साथ पराजित गर्ने दावी

  • मंसिर ३, २०७८
  • ३,७८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिर ः
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजेन्द्र तामाङले सुनसरी क्षेत्र नं. १ को सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

तामाङले विहिवार धरान–१५ स्थित धरान किचनमा आयोजित पत्रकार सम्मेलनउनको प्यानलको उम्मेद्वारी घोषणा गरेको गरेकाछन् । उनको प्यानलको सचिवमा केशव पुरी र महेन्द्र प्रधान, सहसचिवमा सुमित राई र भोजराज न्यौपाने रहेका छन् ।

पत्रकार सम्मेलनमा प्रदेशसभा सुनसरी १ (१) कार्य समितिको उम्मेदवारमा सभापतिमा अनिल श्रेष्ठ, उपसभापतिमा प्रदीप शाक्य, झुमा राई, सचिवमा राजेन्द्र राई, युवराज शंकर, सहसचिवमा हरिप्रसाद ओझा र सहसचिवमा रमिता श्रेष्ठले उम्मेद्वारी दिएकी छिन् ।

यस्तै, प्रदेशसभा सुनसरी १ (२) कार्य समितिको सभापतिमा मुरारीप्रसाद भट्टराई, उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल), डिल्लीशेर राई, सचिवमा विजय घिमिरे, राजेन्द्र खड्का, सहसचिवमा रोहित काफ्ले, मञ्जु राईको उम्मेद्वारी परेको छ ।

यस्तै, प्रदेशसभा सुनसरी (१) प्रदेश अधिवेशनको खुल्लातर्फ कुसुम आचार्य (ओली), रहिसा कसजु (श्रेष्ठ), अञ्जना राई रोशन रेग्मी (रोशु), भुपेन्द्र भट्टराई, विद्या शाक्य, डम्बरबहादुर राई (सुवास), नरेश अग्रवाल, मञ्जिल कसजु (श्रेष्ठ) रमेश बस्नेत, जनजातितर्फ विष्णु मोक्तान, रमिना सुब्बा लिम्बू, किरण राई, खगेन्द्र देवान, दलिततर्फ बुना शंकर विश्वकर्मा, खस, आर्यतर्फ रविन आचार्यको उम्मेद्वारी छ ।

जिल्ला र क्षेत्रीय सचिव समेत भइसकेका तामाङ यसअघि मेयर, सांसद्का लागि चर्चामा आएको नाम थियो ।
। मेयर राई कांग्रेस नेता रामचन्द्र पौडेल र डा.शेखर कोइराला गुटका हुन् । तरपनि उनलाई प्रम शेरबहादुर देउवा गुटले पनि सहयोग गर्ने जनाइएको छ ।

कोराइला पौडेल समूह छाडेर देउवा समुहमा लागेका भनिएका वर्तमान मेयर तिलक राईले समुहलाई धोका दिएको र स्वार्थका लागि अर्को समूहमा लागेको समेत पत्रकार सम्मेलनमा आरोप लगाइको थियो ।

मेयर तिलक राईलाई देउवा समूहको तर्फबाट उमेद्वार वनाइको भन्दै धरानका पुराना देउवा समूहका नेता कार्यकर्ता असन्तुष्ट रहेकाछन् । धरानका प्रभावशाली नेता मिन विश्वकर्माको योजनामा तिलक राईलाई समुह परिवर्तन गरी क्षेत्रीय सभापतिको उदेद्वार वनाईएको वताइर्एको छ ।

पौडेल समूहलाई कमजोर वनाउन तिलक राईलाई आफ्नो समूहमा लगेको वताईको छ । यता पौडेल समूहले भने विश्वकर्माको भ्रमलाई तोडेर देखाईदिने चुनौति दिएकाछन् । उनीहरुले दुवै तर्फको र क्षेत्रको सवै प्यानल नै जितेर देखाइदिने दावी समेत गरेकाछन् । भ्रम धेरै समय नटिक्ने चेतावनि समेत दिएकाछन् ।

सुनसरी जिल्ला सभापतिका उमेद्वार केदार भण्डारीको समूहबाट सचिवमा उमेद्वारी दिएका धरान–१६ का माधव घिसिङले सवल सक्षम र योगदान पु¥याएकाहरुलाई आफ्नो विवेक प्रयोग गरी विजयी गराईदिन आग्रह गरेका थिए ।

कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ७ गते हुँदैछ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic