सी बिचारधारा र त्यसको अर्थतन्त्रले विश्वलाई पार्ने प्रभाव

  • मंसिर ४, २०७८
  • ८,३९३ पटक पढिएको
  • छाल खबर
alt

(पारस काङमाङ राई

विषय प्रवेश
एक समयमा चिन गृहयुद्द र बाह्य देशको आक्रमणको सामना गरिरहेका थिए । जब माओको नेतृत्वमा सास्कृतिक क्रान्ती सम्पन्न भयो । त्यसपछी दोस्रो चरणमा देङ्साओ पिङ्गलाई यसको जस जान्छ र तेस्रो चरणमा सी।बिचारधारा लाई जान्छ । सी।जब सत्तामा आयो तब छोटो समयमा नै चिनले आर्थिक तथा सामाजिक रुपमा फड्को मार्न सफल समेत भयो । यती बेला चिनको संविधानमा सी बिचारधारा समावेश भएको छ र यसको बहस विश्व सामु भईरहेको छ । चिनियाँ विशेषताको आधारमा पहिले च्याप्टर माओ, दोस्रो च्याप्टर देङ्ग साओ पिङ र तेस्रो च्याप्टर सी बिचार धारा हो ।

बिआरआई(चिनियाँ मोडेल

सन् १९१३ मा सीले वान बेल्ट वान रोडको भिमकाय योजना घोषणा गरेको थियो । यसले विश्वका एसिया, अफ्रीका, युरोप र ओसिनियाका करिव ७० मुलुकलाई र ६२ प्रतिशत विश्वका जनतालाई प्रत्यक्ष समेट्ने छ । अमेरिकी दार्शानिक फुकोयामाले “बिआरआइले अमेरिकी विकास मोडेल र मान्यतालाई चुनौती मात्र होइन कि चिनियाँ विकास मोडेललाई संसारभरि स्थापना गरिदिने छ । आज त्यो एकपछि अर्को गर्दै पुष्टि समेत हुँदै गएको छ ।

चिनको आर्थिक विकासको गति

चिन सन् २००१ डिसेम्बरमा ११ मा डब्लुटिओ को सदस्यता बनेको हो । त्यतीबेला चिनसँग ७ ट्रीलियन डलर सम्पती थियो । तर सन् २०२० मा आईपुग्दा अरु ११३ ट्रीलियन डलर सम्पती जम्मा गरि जम्मा अहिले १२० ट्रीलियन डलर सम्पती रहेको छ भने अमेरिकासँग ९० ट्रीलियन डलर सम्पती मात्र रहेको छ । ९कन्सल्ट्रेन्सी फर्म मेकेन्सी कम्पनी २०२१ को ताजा रिपोर्ट हेर्नुहोस० यो अमेरिकाको तुलनामा ३० ट्रीलयन डलर बढी हो । अहिले चिनले अमेरिकालाई पछि पार्दै विश्वको सबै भन्दा बढी सम्पती भएको मुलुकमा रुपान्तरण भयो । विश्वमा सन् २००० मा कुल सम्पती १५६ ट्रीलियन डलर थियो भने अहिले ५१४ ट्रीलियन डलर रहेको छ । करिव १ तिहाई सम्पती चिन र अमेरिकासँग मात्र रहेको तथ्याङ्कले बताउँछ ।

सी बिचारधारा

चिनिया सपना भनेको ईतिहास फर्काउने बर्तमानमा देखिएको सपना हो । सन् २०१७ मा सी ले चिनियाँ सपनाको बारेमा भाषण गरेका थिए । जब कि सी शासनमा आउनुभन्दा अगाडि ९९ सय मिलियन गरिबी थियो । यो सङ्ख्या सीले चमत्कारिक तवरमा ४३।३५ मिलियनमा झार्यो । सन् २०२० सम्म गरिबी हाटाउने चिनको लक्ष्य अनुसार अहिले २०२१ मा आईपुग्दा करिव ७ करोड मानिस गरिबिको रेखामुनी रहेकाले त्यसलाई सन २०२४(२५ सम्म मध्यम बर्गमा रुपान्तरण गर्ने लक्ष्य सहित सन् २०३० मा अत्याधुनिक समाजवादी भएको मुलुक र सन २०५० मा उन्नत समृदी र महाशक्ति सम्पन्न समाजवादी मुलुक भएको घोषणा गर्ने लक्ष्य लिएको छ । सन् २०१८ मा सी बिचार धारा संविधानमा नै समेटीयो । यो चिनिया विकास मोडेलको तेस्रो च्याप्टर हो ।

सी बिचारधारास् विश्वमा बहस

मार्क्सवाद(समाजवाद, सी बिचारधारा धारा हो । साम्राज्यवाद, पुजीवाद, दलाल पुजीवाद, नवउद्दारवाद(वासिङ्टन सम्झौता बिरोधी बिचारधारा हो । यो तिनीहरुसँग प्रतिष्पर्धा गरिरहेको छ । यसकारण विश्वमा अब यो बिचार धाराको बहस बनिरहेको छ । अबको युग नै चिनियाँ युग हुनाले विश्वको नेतृत्व बिस्तारै चिनले नै गर्नेछ र समाजवाद र साम्राज्यवाद, पुजीवाद, दलाल पुजीवाद र वासिङ्गटन सम्झौताबिचमा प्रतिष्पर्धा हुदै जानेछ र विश्वमा फेरि सिद्दान्तको बहस घनिभुत भएर आउने छ । साथै समाजवादको यात्रमा विश्व लम्कने छ ।

विश्व अर्थन्त्रमा चिनको उपस्थिती

बिआरआई भिमकाय योजनाले विश्वलाई जोड्ने छ । माथी पनि भनिएको छ कि विश्वको पहिलो नम्बर आर्थिक शक्ती सम्पन्न मुलुक चिन हो । यसले विश्वमा पश्चिमा रणनितीलाई काउण्टर दिदै विश्वका गरिब तथा अन्य देशसँगको सम्बन्धलाई स्थापित गरि जोड्ने रणनीति लिएको छ । यो रणनीतिका अनुसार लिखत मै विकास र समृद्धिका लागी सहकार्य गरेर विश्वलाई नै विकास र समृद्धिको बाटोमा लाने बताएको छ । तर अमेरिकी इन्डो(प्यासीफिक रणनीति सैन्य अभिष्ट रणनीति भएकाले अन्य देशसँगको बिबादमा आक्रमक देखिन्छ । यसले चिनलाई नै फाईदा हुँदै गएको छ । युरोपका देशहरुमा समेत बिआरआई रणनितीमा सम्झौता गर्दै आएको छ । बेलायतले पनि यो बिआरआईमा सम्झौता गरि सकेको छ । चिनले कोरोना कहरमा युरोपलाई समेत सहयोग पठायो । यसले विश्वमा अब चिन महाशक्तीशाली भएर उदाई रहेको विश्लेषण हुँदै आएको छ भने कोरोना पछि विश्वको महाशक्तिशाली भएको समेत बताईन्दै आएको छ ।

नेपालमा चिनको प्रभाव

नेपालको आन्तारिक मामिलामा नबोल्ने चिन यतीबेला बोल्न शुरु गरेको छ । अमेरिकी परियोजना एमसीसी नेपाललाई पास नगर्न दबाब र चेतावानी समेत दिरहेको छ । यसले नेपालमा चिनको राजनीतिक, आर्थिक प्रभाव(रणनीति एवम कुट्नीतिक दबाब बढ्दै गएको छ । एमसीसीलाई अमेरिकाले चिन घेर्ने रणनीतिका रुपमा लिएकाले यो पास भएमा चिनको चुनौती पनि नेपालले सामाना गर्नु पर्ने छ । यसअर्थमा अब भारत, पश्चिमाको मात्र हस्तक्षेप नभएर अब चिनको पनि हस्तक्षेप बढ्ने विश्लेषण गर्न सकिन्छ । हाम्रो राष्ट्रियतामाथी अब निकै नै अप्ठ्यारो समस्या आउने छ । यसमा नेपालले गम्भीर हुन जरुरी छ ।

निष्कर्षमा

विश्वमा समाजवादरमार्क्सवादको बहस गौण हुदा चिनको उदयले अब सी बिचारधाराबाट विश्वलाई प्रभाव पार्ने छ । यसले नेपाललाई पनि प्रभाव पार्ने छ । यो बिचारधारा विश्वमा बहसको विषय बनिसकेको छ । पहिलो यसले विश्वलाई समाजवादको दिशा तर्फ उन्मुख गराउने छ । दोस्रो समाजवादी अर्थनीतीलाई यसले बिआरआई मार्फत अगाडि बढाउने छ । छिमेकी मुलुक विश्व महाशक्तीशाली हुदा त्यसको प्रभावमा पश्चिमा(दक्षिणीको हस्तक्षेप नेपालमा कम भएता पनि चिनको पनि हस्तक्षेप बढ्ने छ । तर सँगै बिआरआई योजनाले नेपालले पनि आर्थिक उन्नती गर्ने अवसर भने पाउने छ । विश्वका गरिब मुकुकहरुको आर्थिक सुध्रिनेछ । विश्वमा चिनियाँ प्रभाव बढेर जानेछ । हरेक मुलुकमा चिनको सामनले बजार पाउनेछ । यसरी नै विश्वमा राजनीतिक, आर्थिक रुपमा सी बिचारधारा उदय भएर आउने निश्चित छ ।

देउराली चिल्ड्रेनमा बाल क्लब अध्यक्ष र हाउस क्याप्

छाल खवर धरान,२१ बैशाख स्धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमिले शुक् ...

सुुचना नदिएको भन्दै माओवादी आक्रोसित

छाल खवर धरान,२१ वैशाखः संविधानले दिएको जनताले सुचना पाउने अधिकारबाट वन्चित ...

पुनस्थापना गृहलाई क्याम्ब्रीज ईन्स्टिच्युट र प्रा

छाल खवर धरान,२१वैशाखः क्याम्ब्रीज ईन्स्टिच्युट अन्तर्गत प्राईम एजुकेसन धरान ...

बझाङमा एमालेका भण्डारी विजयी

छाल खवर धरान,१७ वैशाखः बझाङ प्रदेश सभा १ को निर्वााचनमा नेकपा एमालेका उम्मे ...

पहिलो अडिसनबाट २७ जना छनोट

छाल खवर धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी ...

धरान खेलकुद मञ्च मिडिया अवार्ड निशालाई

छाल खवर धरान,१६ वैशाखः धरान खेलकुद मञ्चद्धारा धरानमा पहिलो पटक आयोजना गरीएक ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic