कांग्रेस प्रदेशसभा निर्वाचन सुनसरी क र ख मा अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल विजयी

  • मंसिर ५, २०७८
  • १,४३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५मंसिर ः नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानल विजयी भएको छ ।

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी मदन ढकालले ९६ मत मात्र पाए ।

उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले २८१ र प्रदिप शाक्यले २३७ मत पाएर विजयी भए भने ढकाल प्यानलका उम्मेदवार कुमार मोक्तानले ९६ र मनोज सुब्बाले ९७ मत पाए ।

यसैगरि सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले २८० र राजेन्द्र राईले २४४ मत पाएर विजयी भए । सचिवमा उम्मेदवार ढकाल प्यानलका राजेन्द्रकुमार राईले ९९ र सुनिल श्रेष्ठले ९१ मत मात्र पाए । यस्तै, सहसचिवमा श्रेष्ठ प्यानलका रमिता श्रेष्ठले २५६ र हरिप्रसाद ओझाले २१८ मत पाएर विजयी भए । सोही पदमा ढकाल प्यानलका विष्णुमाया गुरुंगले ११२ र कमल प्रसाद भट्टराईले १०० मत मात्र पाएका छन् ।

धरान नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (२) तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा भर्खर सम्पन्न मतगणना अनुसार सभापतिमा भट्टराईले १३९ मत पाउदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी अजय राईले १०८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १५५ मत र डिल्लीसेर राईले १३० मत पाएर विजयी भए । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ९२ र अमृतबहादुर खड्काले ८२ मत पाएका छन् ।

यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत पाएर विजयी भए भने राई प्यानलका उम्मेदवार संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत पाएका छन् ।

यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले १५१ र मञ्जु राईले १४४ मत पाएर विजयी भएका छन् भने राई प्यानलका श्रवण धामीले ८१ र बिक्रम राईले ८५ मत पाएका छन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic