पूर्वमन्त्री झा ले छाडे माओवादी केन्द् २ हजार ५ सय जना लिएर एकीकृत समाजवादीमा प्रवेश

  • मंसिर ८, २०७८
  • १,०८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं धरान,८ मंसिर ः नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा। अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मिथिला अस्पताल प्राइभेट लिमिटेड र मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका डा। झाले नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए । डा।झा नेविसंघ धनुषाका अध्यक्ष समेत रहिसकेका हुन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic