एमाले नेता लालबाबु पण्डित एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

  • मंसिर १५, २०७८
  • ३,७६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं १५ मंसिर ः नेकपा एमालेका नेता लालबाबु पण्डितले एमाले परित्याग गरी नेकपा (एकिकृत समाजवादी)मा प्रवेशको तयारी गरेकाछन् ।

नेकपा एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका पंडित नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेकाहुन ।

उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

एमालेको सबै कार्यकारी पदबाट विदा लिने औपचारिक घोषणासहित उनी महाधिवेशन स्थल चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत नै एमालेको १० औँ महाधिवेशनमा आफू कुनै पनि पदमा नबस्ने र अहिलेसम्मका जिम्मेवारीबाट विदा लिने घोषणा गरेका छन् ।

एमाले महाधिवेशनमा असन्तुष्ट बनेका पण्डितले यसअघि पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्ष ओलीले सदस्यमा मात्रै सिमित बनाएपछि उनी सन्तुष्ट हुन नसकेका हुन् ।

लालबाबु पण्डितकी श्रीमती विमला महतले आफ्नो श्रीमान् एमालेको कुनै पनि पदमा नबस्ने बताइन्। उनले भनिन् ‘काठमाडौँमा घर र कार नहुनेलाई किन हेर्नु भनेर होला अध्यक्षले सदस्यमा नाम राख्नुभयो, उहाँले अस्वीकार गरेर आउनुभयो।’

‘उहाँ अरूले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौँमा घर र कार छैन,’ उनले भनिन्, बस र ट्याम्पो चढेर ठिङ्ग उभिने मान्छे देख्नु नपरोस् भन्ने ओलीलाई लागेको होला, होस् लागोस्।’

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्टि जनाएका थिए ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत रहेका उनले यस्तो निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नवौँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।

एमालेमा कार्यकारी पदमा नरहने घोषणा गरेका उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ ।

लामो समय माधव नेपाल समूहमा रहेर काम गरेका उनले एमालेमै बस्दा एमाले अध्यक्ष ओलीबाट धोका पाएसँगै पुनः पुरानै क्याम्पमा फर्कने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic