एमाले नेता लालबाबु पण्डित एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

  • मंसिर १५, २०७८
  • ३,७२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं १५ मंसिर ः नेकपा एमालेका नेता लालबाबु पण्डितले एमाले परित्याग गरी नेकपा (एकिकृत समाजवादी)मा प्रवेशको तयारी गरेकाछन् ।

नेकपा एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका पंडित नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेकाहुन ।

उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

एमालेको सबै कार्यकारी पदबाट विदा लिने औपचारिक घोषणासहित उनी महाधिवेशन स्थल चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत नै एमालेको १० औँ महाधिवेशनमा आफू कुनै पनि पदमा नबस्ने र अहिलेसम्मका जिम्मेवारीबाट विदा लिने घोषणा गरेका छन् ।

एमाले महाधिवेशनमा असन्तुष्ट बनेका पण्डितले यसअघि पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्ष ओलीले सदस्यमा मात्रै सिमित बनाएपछि उनी सन्तुष्ट हुन नसकेका हुन् ।

लालबाबु पण्डितकी श्रीमती विमला महतले आफ्नो श्रीमान् एमालेको कुनै पनि पदमा नबस्ने बताइन्। उनले भनिन् ‘काठमाडौँमा घर र कार नहुनेलाई किन हेर्नु भनेर होला अध्यक्षले सदस्यमा नाम राख्नुभयो, उहाँले अस्वीकार गरेर आउनुभयो।’

‘उहाँ अरूले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौँमा घर र कार छैन,’ उनले भनिन्, बस र ट्याम्पो चढेर ठिङ्ग उभिने मान्छे देख्नु नपरोस् भन्ने ओलीलाई लागेको होला, होस् लागोस्।’

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्टि जनाएका थिए ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत रहेका उनले यस्तो निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नवौँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।

एमालेमा कार्यकारी पदमा नरहने घोषणा गरेका उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ ।

लामो समय माधव नेपाल समूहमा रहेर काम गरेका उनले एमालेमै बस्दा एमाले अध्यक्ष ओलीबाट धोका पाएसँगै पुनः पुरानै क्याम्पमा फर्कने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic