माओवादी परित्यागगरी तारा लामगादे एकिकृत समाजवादीमा प्रवेश

  • मंसिर १७, २०७८
  • ६,६२५ पटक पढिएको
  • छाल खबर
alt

छाला खवर

धरान,१७ मंसिर ःधरानका युवा बामपन्थि तारा लामगादे नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेकाछन् ।

बाम एकता र क्रान्तिकारी कम्युनिष्टहरुको पहल तथा नेतृत्वबाट मात्रै मुलुककोे परिवर्तन सम्भव भएको निष्कर्ष सहित लामगादे तारा लामगादे नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेकाहुन ।

tara and sushma copy.jpg final

धरानका दलित अधिकारको सवालमा सकृय रहेका लामगादेले अबको राजनीतिक बिचारधारा भनेको समतामूलक समाज निर्माण भएको निष्कर्ष सहित आफू एकिकृत समाजवादीम प्रवेश गरेका छन् ।

माक्सवाद–लेलिनवाद–माओवाद वा माओ विचारधारामा अल्झिएर बैचारिक बहस भन्दा पनि नेपाली समाजमा विद्यमान भेदभाव, जातीय छूवाछूत, धार्मिक विरोधाभाष, लिङ्गिय विभेद लगायतका समस्याहरु समाधान गर्न र दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरेर समाजवादी व्यवस्थाको स्थापना नै प्रमुख लक्ष्य हो लामगादेमा आफ्नो विज्ञप्तिमा भनेकाछन् ।

आधारभूत वर्गको उत्थानका लागि कम्युनिष्ट पार्टी नै सच्चा राजनीतिक शक्ति बन्न सक्ने कुरामा कुनै दुविधा नरहेको भन्दै अहिलेको अवस्थामा रुपमाकम्युनिष्ट र सारमा प्रतिक्रियावादी सामन्तहरुको संरक्षक प्रतिगामी शक्ति हाबी बन्दै गएको उनको ठहर रहेको छ ।

उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादी शक्तिलाई पराजय गर्नका लागि पनि क्रान्तिकारी कम्युनिष्टहरुको बृहत कार्यगत एकता, सहकार्य र पार्टी एकीकरणको आवश्यकता रहेको छ विज्ञप्तिमा भनिएको छ ।

बाम एकता र क्रान्तिकारी कम्युनिष्टहरुको पहल तथा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव हुने र त्यसको नेतृत्व माधव कुमार नेपाल र उहाँको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) बाट सम्भव देखिएकोले उक्त राजनीतिक दललाई समर्थन गरेको उनले विहिवार जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी जीवनबाट राजनीतिक यात्रा शुरुवात गरेका लामगादे पत्रकारिता क्षेत्रबाट आफ्नो पहिचान सफल भएकाछन् । उनी जातीय उत्पीडनबाट दलित समुदायलाई मुक्त दिलाउन वर्गिय आन्दोलनको एउटा अभियान्ताको रुपमा जातीय मोर्चाहरुको समेत नेतृत्व सम्हाल्दै आएकाछन् ।

नेपालको वामपन्थी आन्दोलनमा कम्युनिष्ट पार्टीमा रहेर काम गर्दै आएकाछन् । पार्टीमा स्थानीय, जिल्ला, राज्य (प्रदेश) र केन्द्रीय तहमा समेत विभिन्न जिम्मेवारीहरु सम्हाली अनुभव समेत हासिल गरीसकेकाछन् ।

व्यवसायिक पत्रकारीता गर्दै आएका लामगादे नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रीय अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघको कार्यकारी सदस्य जस्ता विभिन्न जिम्मेवारमा रहेकाछन् ।

नेकपा (मसाल) हुँदै नेकपा (माओवादी) को तर्फबाट विभिन्न भूगोलमा पार्टीका विभिन्न तहका जिम्मेवारी कुसलतापूर्वक सम्हालेका थिए ।

नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको मुद्दालाई उठान गर्ने, संविधानमा सुनिश्चित गर्नेसम्मको अभियानमा मेरो राजनीतिक सक्रियता कठोर रुपमा रहेको उनले दावी समेत गरेकाछन् ।

लोभी–पापी मानिसहरु पार्टीको नेतृत्व हडप्ने र दलाल पुँजीपतिहरु सर्वहारा, श्रमजीवि वर्गको पार्टीका मालिक बन्ने अभियान जारी नै रहेकोले उत्पीडित समुदायका मुद्दाहरु झन् पछि झन् दयनीय र कमजोर बन्दै गएको दृश्य टुलुटुलु हेरेर बस्न नसकेकोले आफू समाजवादको यात्रामा लामवद्ध हुन लागेको उल्लेख गरेकाछन् ।

माओवादी केन्द्रको भूगोल र सवै जिम्मेवारीलाई त्याग गर्दै साधारण सदस्य समेत नरहने घोषणा गरेकाछन् । अव एकिकृत समाजवादी पार्टीको भूगोलमा राजनीतिक जिम्मेवारी सम्हाल्ने उनले प्रतिवद्धता जनाएकाछन् ।

पार्टी संगठनको आवश्यकता अनुसार जिम्मेवारी लिँदै अघि बढ्ने निर्णय गरेकोले सम्पूर्णमा नेकपा (एकीकृत समाजवादी) र त्यसका जनवर्गिय संगठनहरुमा आवद्ध बन्न आव्हान समेत उनले गरेकाछन् ।

 

 

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic