माओवादी परित्यागगरी तारा लामगादे एकिकृत समाजवादीमा प्रवेश

  • मंसिर १७, २०७८
  • ६,७१७ पटक पढिएको
  • छाल खबर
alt

छाला खवर

धरान,१७ मंसिर ःधरानका युवा बामपन्थि तारा लामगादे नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेकाछन् ।

बाम एकता र क्रान्तिकारी कम्युनिष्टहरुको पहल तथा नेतृत्वबाट मात्रै मुलुककोे परिवर्तन सम्भव भएको निष्कर्ष सहित लामगादे तारा लामगादे नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेकाहुन ।

tara and sushma copy.jpg final

धरानका दलित अधिकारको सवालमा सकृय रहेका लामगादेले अबको राजनीतिक बिचारधारा भनेको समतामूलक समाज निर्माण भएको निष्कर्ष सहित आफू एकिकृत समाजवादीम प्रवेश गरेका छन् ।

माक्सवाद–लेलिनवाद–माओवाद वा माओ विचारधारामा अल्झिएर बैचारिक बहस भन्दा पनि नेपाली समाजमा विद्यमान भेदभाव, जातीय छूवाछूत, धार्मिक विरोधाभाष, लिङ्गिय विभेद लगायतका समस्याहरु समाधान गर्न र दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरेर समाजवादी व्यवस्थाको स्थापना नै प्रमुख लक्ष्य हो लामगादेमा आफ्नो विज्ञप्तिमा भनेकाछन् ।

आधारभूत वर्गको उत्थानका लागि कम्युनिष्ट पार्टी नै सच्चा राजनीतिक शक्ति बन्न सक्ने कुरामा कुनै दुविधा नरहेको भन्दै अहिलेको अवस्थामा रुपमाकम्युनिष्ट र सारमा प्रतिक्रियावादी सामन्तहरुको संरक्षक प्रतिगामी शक्ति हाबी बन्दै गएको उनको ठहर रहेको छ ।

उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादी शक्तिलाई पराजय गर्नका लागि पनि क्रान्तिकारी कम्युनिष्टहरुको बृहत कार्यगत एकता, सहकार्य र पार्टी एकीकरणको आवश्यकता रहेको छ विज्ञप्तिमा भनिएको छ ।

बाम एकता र क्रान्तिकारी कम्युनिष्टहरुको पहल तथा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव हुने र त्यसको नेतृत्व माधव कुमार नेपाल र उहाँको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) बाट सम्भव देखिएकोले उक्त राजनीतिक दललाई समर्थन गरेको उनले विहिवार जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी जीवनबाट राजनीतिक यात्रा शुरुवात गरेका लामगादे पत्रकारिता क्षेत्रबाट आफ्नो पहिचान सफल भएकाछन् । उनी जातीय उत्पीडनबाट दलित समुदायलाई मुक्त दिलाउन वर्गिय आन्दोलनको एउटा अभियान्ताको रुपमा जातीय मोर्चाहरुको समेत नेतृत्व सम्हाल्दै आएकाछन् ।

नेपालको वामपन्थी आन्दोलनमा कम्युनिष्ट पार्टीमा रहेर काम गर्दै आएकाछन् । पार्टीमा स्थानीय, जिल्ला, राज्य (प्रदेश) र केन्द्रीय तहमा समेत विभिन्न जिम्मेवारीहरु सम्हाली अनुभव समेत हासिल गरीसकेकाछन् ।

व्यवसायिक पत्रकारीता गर्दै आएका लामगादे नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रीय अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघको कार्यकारी सदस्य जस्ता विभिन्न जिम्मेवारमा रहेकाछन् ।

नेकपा (मसाल) हुँदै नेकपा (माओवादी) को तर्फबाट विभिन्न भूगोलमा पार्टीका विभिन्न तहका जिम्मेवारी कुसलतापूर्वक सम्हालेका थिए ।

नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको मुद्दालाई उठान गर्ने, संविधानमा सुनिश्चित गर्नेसम्मको अभियानमा मेरो राजनीतिक सक्रियता कठोर रुपमा रहेको उनले दावी समेत गरेकाछन् ।

लोभी–पापी मानिसहरु पार्टीको नेतृत्व हडप्ने र दलाल पुँजीपतिहरु सर्वहारा, श्रमजीवि वर्गको पार्टीका मालिक बन्ने अभियान जारी नै रहेकोले उत्पीडित समुदायका मुद्दाहरु झन् पछि झन् दयनीय र कमजोर बन्दै गएको दृश्य टुलुटुलु हेरेर बस्न नसकेकोले आफू समाजवादको यात्रामा लामवद्ध हुन लागेको उल्लेख गरेकाछन् ।

माओवादी केन्द्रको भूगोल र सवै जिम्मेवारीलाई त्याग गर्दै साधारण सदस्य समेत नरहने घोषणा गरेकाछन् । अव एकिकृत समाजवादी पार्टीको भूगोलमा राजनीतिक जिम्मेवारी सम्हाल्ने उनले प्रतिवद्धता जनाएकाछन् ।

पार्टी संगठनको आवश्यकता अनुसार जिम्मेवारी लिँदै अघि बढ्ने निर्णय गरेकोले सम्पूर्णमा नेकपा (एकीकृत समाजवादी) र त्यसका जनवर्गिय संगठनहरुमा आवद्ध बन्न आव्हान समेत उनले गरेकाछन् ।

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic