यहि अबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको कति

  • मंसिर १७, २०७८
  • ८२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१७ मंसिर ःआमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो ।

त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीको गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए ।सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए ।

गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए ।१६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ ।

यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो ।

२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन ।सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ ।

माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ । विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई । सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा ।

जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो ।साथमा लगेको आँकलन गर्ने हो भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ ।

प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ ।त्यो माओवादी समेतसँग गठबन्धनले हो । यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ ।यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ ।

समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ ।फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन ।

यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको ।
प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।

सुपरेटीभ नेपाल डटकमबाट साभार

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic