यहि अबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको कति

  • मंसिर १७, २०७८
  • ८६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१७ मंसिर ःआमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो ।

त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीको गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए ।सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए ।

गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए ।१६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ ।

यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।एमाले र माओवादी मिल्दा दुवैलाई चुनावमा ठूलो फाइदा पुगेको थियो ।

२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए ।

माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन ।सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ ।

माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ । विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई । सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा ।

जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो ।साथमा लगेको आँकलन गर्ने हो भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ ।

प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ ।त्यो माओवादी समेतसँग गठबन्धनले हो । यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ ।यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ ।

समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ ।फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन ।

यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको ।
प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।

सुपरेटीभ नेपाल डटकमबाट साभार

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic