कांग्रेस प्रदेश १ सभापतिमा थापा र घिमिरेवीच प्रतिष्पर्धा कांग्रेसमा प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

  • मंसिर १७, २०७८
  • २,०५३ पटक पढिएको
  • छाल खबर
alt

्छाल खवर
धरान,१७ मंसिर ःनेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा सभापतिका लागि उद्धव थापा र गुरुराज घिमिरेवीच प्रतिष्पर्धा हुने भएको छ ।

शुक्रबार भएको उम्मेदवारी मनोनयनमा सभापति पदका लागि थापा र घिमिरेले उमेद्वारी दर्ता गराएका हुन् ।

नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ कांग्रेसको प्रदेश १ सभापतिमा थापा र र घिमिरेबीच प्रतिष्पर्धा हुने पक्का भएको छ।
प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो।

प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ।

सिटौला पक्षकै उम्मेदवार थापाले पौडेल कोइराला पक्षका नेता गुरूराज घिमिरेसँग प्रतिष्पर्धा गर्नेछन्।

प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन्।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेदवारी दिएका छन्।

प्रदेश सभापतिका लागि सुनसरीका राजिव कोइरालाको नाम निकै अघि देखि चर्चामा रहेपनि उनले उमेद्वारी भने दर्ता गराएनन् । पौडेल समूहबाट गुरुराज घिमिरेले उमेद्वारी दर्ता गराएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic