कांग्रेस प्रदेश १ सभापतिमा थापा र घिमिरेवीच प्रतिष्पर्धा कांग्रेसमा प्रदेश १ मा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

  • मंसिर १७, २०७८
  • २,०८१ पटक पढिएको
  • छाल खबर
alt

्छाल खवर
धरान,१७ मंसिर ःनेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा सभापतिका लागि उद्धव थापा र गुरुराज घिमिरेवीच प्रतिष्पर्धा हुने भएको छ ।

शुक्रबार भएको उम्मेदवारी मनोनयनमा सभापति पदका लागि थापा र घिमिरेले उमेद्वारी दर्ता गराएका हुन् ।

नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ कांग्रेसको प्रदेश १ सभापतिमा थापा र र घिमिरेबीच प्रतिष्पर्धा हुने पक्का भएको छ।
प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो।

प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ।

सिटौला पक्षकै उम्मेदवार थापाले पौडेल कोइराला पक्षका नेता गुरूराज घिमिरेसँग प्रतिष्पर्धा गर्नेछन्।

प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन्।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेदवारी दिएका छन्।

प्रदेश सभापतिका लागि सुनसरीका राजिव कोइरालाको नाम निकै अघि देखि चर्चामा रहेपनि उनले उमेद्वारी भने दर्ता गराएनन् । पौडेल समूहबाट गुरुराज घिमिरेले उमेद्वारी दर्ता गराएकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic