जनता समाजवादी,तरुण दल र माओवादी लगायत दलबाट तीनसय नेकपा एसमा प्रवेश

  • मंसिर २२, २०७८
  • ३,७६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ मंसिर ःनेकपा एकिकृत समाजवादीमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्ने क्रम जारी रहेको छ ।

मंगलवार जनता समाजवादि पार्टीका प्रदेश कमिटिका सदस्य सहित ६९ जना र अन्य बिभिन्न पार्टीबाट झण्डै तीन सय कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी समाजबादीमा प्रवेश गरेको छन् ।

2 final

नेपाल कम्युनिष्ट पार्टी समाजबादी प्रदेश एक कमिटिले इटहरीमा आयोजना गरेको दुइदिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई पार्टी अध्यक्ष माधव कुमार नेपालले अविर लगाएर स्वागत गरेका छन् ।

जनता समाजबादी सहित नेकपा माले, नेपाली काँग्रस र कांग्रेसकै भातृसँगठन तरुणदलका सहित गरी २ सय ७२ जनालाई नेकपा एसले स्वागत गरेको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै जनता समाजबादीबाट नेकपा एसमा प्रवेश गरेका प्रदेश तहका युवा नेता सिताराम घिमिरेले बाबुराम भटराई नेतृत्वले देशलाई निकास दिन नसक्ने निस्कर्ष सकित आफुहरु अवको लोकतान्त्रिक पार्टी नेकपा एसनै भएकाले एसमा प्रवेश गरेको बताए ।

घिमिरेले ओलिले २ पटक प्रतिगमन गर्दै संविधानको घाँटी मोठ्दा आफ्नै पार्टीबाट प्रतिवाद गर्ने माधव नेपाल नेतृत्वको नेकपा एस अहिलेको आवश्यकता औल्याएका थिए ।

पार्टीैलाई बलियो वलियो वनाउनु सवैको भूमिका उतिकै रहने अध्यक्ष माधव नेपालले वताएका थिए ।

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic