समाजवादी प्रेस संगठन नेपालको सुनसरी जिल्ला कमिटी गठन

  • मंसिर २२, २०७८
  • ४,०२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इटहरीः नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन गरेको छ ।

पार्टीका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाको प्रमुख आतिथ्यमा इटहरीमा भएको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।

press = 2

हिजो(मंगलबार)बाट इटहरीमा पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पत्रकार प्रेम बास्तोलाको अध्यक्षतामा २३ सदस्यीय समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष पप्पु यादव, प्रकाश बन्जरा र सचिन राई चयन भएका छन् । त्यस्तै सचिवमा शिशिर भट्टराई, सह सचिवमा मुस्ताक आलम र कोषाध्यक्षमा रंगिता गजमेर चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा रिकेश विश्वकर्मा, प्रकाश चन्द्रवंशी, सरिता प्रधान, आशिष काफ्ले, योगराज ओझा, पुनम विक, विवश लामगादे,अम्बिका दर्नाल,पावेल दियाली जुली शाहशंकर लगायत रहेका छन् ।

भेलामा पार्टीका प्रचार विभागका केन्द्रिय सदस्य अशेष घिमिरे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य कौशल चेम्जोंग,आनन्द श्रेष्ठ, पीवी दिलायली , पार्टीका खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा सुनसरी जिल्लाका सह इन्चार्ज केशबकुमार बिष्ट, जिल्ला अध्यक्ष गोविन्द निरौंला, जिल्ला उप सचिव राजेश भण्डारी, पार्टीका जिल्ला प्रचार विभाग प्रमुख राजेन्द्र पोख्रेल लगायतको सहभागीता रहेको थियो ।

भेलामा समाजवादी प्रेस संगठन नेपालका प्रदेश इन्र्चाज तीर्थ सिग्देलले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरीमा आवद्ध भएका पत्रकारहरुको नाम र जिम्मेवारी बाँडफाँडका बिषयमा माइनोट पढेर सुनाएका थिए ।

समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोख्रेललको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख खतिवडाले नव गठित कमिटिका सबै पदाधिकारीहरुलाई अबिर टिका लगाई बधाई दिएका थिए ।

उनले निर्वाचित सबै पदाधिकारीहरुलाई प्रेस संगठनको विद्यान अनुसार सपथग्रहण गराएका थिए ।उनले समाजवादी प्रेश संगठनको जिल्ला कमिटिलाई पूर्णता दिने जिल्ला नेपालभरी सुनसरी जिल्ला पहिलो भएको बताए ।

अब तोकिएको समय भित्र देश अन्य जिल्लामा पनि प्रेस संगठनको जिल्ला कमिटिले पूर्णता पाईसक्ने बताए । कार्यक्रमको संचालन समाजवादी प्रेस संगठनका प्रदेश १ सचिव भोला श्रेष्ठले गरेका थिए ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic