समाजवादी प्रेस संगठन नेपालको सुनसरी जिल्ला कमिटी गठन

  • मंसिर २२, २०७८
  • ४,०४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इटहरीः नेकपा एकिकृत समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन गरेको छ ।

पार्टीका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाको प्रमुख आतिथ्यमा इटहरीमा भएको भेलाले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।

press = 2

हिजो(मंगलबार)बाट इटहरीमा पार्टीको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पत्रकार प्रेम बास्तोलाको अध्यक्षतामा २३ सदस्यीय समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष पप्पु यादव, प्रकाश बन्जरा र सचिन राई चयन भएका छन् । त्यस्तै सचिवमा शिशिर भट्टराई, सह सचिवमा मुस्ताक आलम र कोषाध्यक्षमा रंगिता गजमेर चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा रिकेश विश्वकर्मा, प्रकाश चन्द्रवंशी, सरिता प्रधान, आशिष काफ्ले, योगराज ओझा, पुनम विक, विवश लामगादे,अम्बिका दर्नाल,पावेल दियाली जुली शाहशंकर लगायत रहेका छन् ।

भेलामा पार्टीका प्रचार विभागका केन्द्रिय सदस्य अशेष घिमिरे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य कौशल चेम्जोंग,आनन्द श्रेष्ठ, पीवी दिलायली , पार्टीका खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा सुनसरी जिल्लाका सह इन्चार्ज केशबकुमार बिष्ट, जिल्ला अध्यक्ष गोविन्द निरौंला, जिल्ला उप सचिव राजेश भण्डारी, पार्टीका जिल्ला प्रचार विभाग प्रमुख राजेन्द्र पोख्रेल लगायतको सहभागीता रहेको थियो ।

भेलामा समाजवादी प्रेस संगठन नेपालका प्रदेश इन्र्चाज तीर्थ सिग्देलले समाजवादी पत्रकार संगठन नेपाल जिल्ला कमिटि सुनसरीमा आवद्ध भएका पत्रकारहरुको नाम र जिम्मेवारी बाँडफाँडका बिषयमा माइनोट पढेर सुनाएका थिए ।

समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोख्रेललको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख खतिवडाले नव गठित कमिटिका सबै पदाधिकारीहरुलाई अबिर टिका लगाई बधाई दिएका थिए ।

उनले निर्वाचित सबै पदाधिकारीहरुलाई प्रेस संगठनको विद्यान अनुसार सपथग्रहण गराएका थिए ।उनले समाजवादी प्रेश संगठनको जिल्ला कमिटिलाई पूर्णता दिने जिल्ला नेपालभरी सुनसरी जिल्ला पहिलो भएको बताए ।

अब तोकिएको समय भित्र देश अन्य जिल्लामा पनि प्रेस संगठनको जिल्ला कमिटिले पूर्णता पाईसक्ने बताए । कार्यक्रमको संचालन समाजवादी प्रेस संगठनका प्रदेश १ सचिव भोला श्रेष्ठले गरेका थिए ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic