कृषि बजारमा पर्शुराम दोस्रो पटक निर्वाचित

  • पुस ११, २०७८
  • २,९३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् ।

शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् ।

विकासको फड्को मार्दै आएको कृषि बजारले कटुवालको नेतृत्वमा नेपाल कै उत्कृष्ट कृषि बजारको उपाधि लगातार नेपाल सरकारबाट हात पार्दै आएको छ ।यस वर्ष पनि उत्कष्ट बजारको पुरस्कार हात पारेको थियो ।

आगामी दिनमा यस वजारलाई अन्र्तराष्ट्रिय बजार मै उत्कृष्ट वनाउने आफ्नो योजना रहेको अध्यक्ष कटुवालको भनाई रहेको छ ।

 

 

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

छाल खवर धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका ला ...

वाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, १५

छाल खवर धरान,२० असोजः दुइ दिन देखि जारी वर्षाका कारण बाढीपहिरोबाट मृत्यु हु ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic