कृषि बजारमा पर्शुराम दोस्रो पटक निर्वाचित

  • पुस ११, २०७८
  • ३,०१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् ।

शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् ।

विकासको फड्को मार्दै आएको कृषि बजारले कटुवालको नेतृत्वमा नेपाल कै उत्कृष्ट कृषि बजारको उपाधि लगातार नेपाल सरकारबाट हात पार्दै आएको छ ।यस वर्ष पनि उत्कष्ट बजारको पुरस्कार हात पारेको थियो ।

आगामी दिनमा यस वजारलाई अन्र्तराष्ट्रिय बजार मै उत्कृष्ट वनाउने आफ्नो योजना रहेको अध्यक्ष कटुवालको भनाई रहेको छ ।

 

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic