इटहरी पूर्व नगर सचिव दंगाल जिल्ला सदस्य उम्मेदवार

  • पुस २६, २०७८
  • २,०१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुष ःआफ्नो व्यक्तिगत काम भन्दा पार्टी हित नै र पार्टी काम नै सर्वोपरी ठानेर राजनीतिमा सकृय युवा नेता काशीनाथ दंगालले नेकपा एमाले जिल्ला कमिटी सुनसरीको सदस्य पदमा उमेद्वारी दिएकाछन् ।

नेकपा एमाले इटहरी पूर्व नगर सचिव समेत रही नेता कार्यकर्ताको विश्वास जित्न सफल बनेका दंगालले एमालेको सुनसरी जिल्ला कमिटि सदस्यको उम्मेदवारी दिएका हुन् ।

भोली पुष २७ गते हुने निर्वाचनमा उनले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

दंगालको राजनीतिक यात्रा शुरुवात

दंगाल २०५१ सालमा अखिलको प्राकको अध्यक्ष, २०५१ मा सुकुना क्याम्पसको स्ववियू सदस्य, खोटाङको बतासे गाउ कमिटीको सचिव, इलाका कमिटि सचिव हुँदै क्षेत्रिय कमिटि सचिव समेत रही पार्टी संगठनको अनुभव समेत हासिल गरीसकेकाछन् ।

दंगालको पारीवारीक पृष्ठभूमि

उनी सहिद परिवारका सदस्य हुन् । उनका दाजु रामप्रसाद दंगाल खोटाङका निर्विरोध एमाले अध्यक्ष तथा प्रदेश कमिटी सदस्यछन् भने भार्इ इन्द्र दंगाल एमालेको जिल्ला तथा प्रदेशको जिम्मेवार तहमा छन् ।

सामाजिक क्षेत्रमा दंगालको सकृयता

दंगाल हाल इटहरीस्थित जनता माविको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले जनता माविको नेतृत्व सम्हाले यता उक्त स्कुलले चौतर्फी प्रगति गरेको छ ।

सरकारी विद्यालयमा पढाउन हिचकिचाउने अभिभावकहरुका लागि दंगाल अध्यक्ष भएपछि स्कुलमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण एक्कासी बढेको छ भने भौतिक पूर्वाधार तर्फ पनि उल्लेख्य प्रगति गरेको छ ।

व्यवस्थापकिय कुशलता भएका दंगालले कार्यकर्ताहरुले आफूलाई विश्वास गरेर विजयी गराएको खण्डमा आफूले हासिल गरेको अनुभव सीप योग्यता क्षमतालाई पार्टीको सर्वोपरी हितमा लगाउनुका साथै पार्टीको बिस्तार तथा विकाशका लागि सक्दो योगदान दिने प्रतिबद्धता समेत जनाएकाछन् ।

शैक्षिक रुपमा दंगाल

खोटाङको विकट गाउमा जन्मिएर संघर्ष गर्दै आएका दंगालले राजनितिक शास्त्र र नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic