एमाले सुनसरी अध्यक्षमा भण्डारी विजयी पदाधिकारी पनि आफ्नै टीम विजयी

  • पुस ३०, २०७८
  • १,४७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९पुष ः नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट रेवतीरमण भण्डारी अध्यक्ष पदमा भारी मतलेविजयी भएका छन् ।

भण्डारीले प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतान्तरले पराजित गरेका थिए ।

विजयी भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ८० मतमा चित्त वुझाउनु परेका थियो । कुल १८०५ मत खसेको थियो ।

यस्तै, उपाध्यक्षमा पनि भण्डारी प्यानलका निलम खनाल विजयी भएका छन् । उनी बराह नगरपालिकाका नगरप्रमुख समेत हुन उनले १०११ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ७०० मतमा चित्त वुझाएका थिए ।

दुई उपसचिवमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत ल्याएर विजयी भए । कोइराला अध्यक्ष भण्डारीको प्यानलमा थिए ।

उपसचिवमा १० वुदे पक्षका पदम प्रसाद लिम्वुले ५२५ मतमा सीमित भए अर्का उमेद्वार अञ्जनीकुमार पोख्रेलले ४९५ ले पाए भने १० वुदेका नेता भीम आचार्यका प्रमुख स्वकीय लोकेश निरौलाले ४८४, अर्जुन गहतराजले २२९ र लहरुमाया जिमीले २४० मत पाएका छन् ।

यसअघि सचिव पदमा पर्शुराम यादव सर्वसम्मत निवार्चित भइसकेका थिए । अध्यक्षका उम्मेदवार भण्डारी र पोख्रेल दुवै संस्थापन पक्षका थिए ।

पोख्रेललाई १० बुँदे पक्षले समर्थन गरेता पनि पराजित भएका थिए । पदाधिकारीहरुको परिणामलाई विश्लेषण गर्ने हो भने अन्य सदस्य पदमा पनि १० वुदे पक्षका सदस्यहरु पराजित हुने अनुमान रहेको छ ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic