प्रेस सेन्टर नेपाल सुनसरीद्वारा निःशुल्क पत्रकारिता तालिम सम्पन्न  २० जना युवायुवतीको उत्साहजनक सहभागिता

  • माघ १२, २०७८
  • ४,१२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ माघ ः प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा भएको ५ दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । ५ दिन देखि संचालन भईरहेकोे तालिमको समापन कार्यक्रम समापन भएको हो ।

पत्रकारिताको क्षेत्रमा लाग्नको लागि युवाहरुलाई उत्प्रेरित गर्न र पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देस्यले तालिमको आयोजना गरिएको सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।

नयाँ जिल्ला कार्य समिति गठन भएपछि पहिलो कार्यक्रम भएको अध्यक्ष कार्कीले बताए । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रमा नयाँ र रचनात्मक कार्यक्रमहरु गरिने अध्यक्ष कार्कीको भनाई छ ।

तालिमको सहजीकरण कोशिपत्र राष्ट्रिय दैनिकका सम्पादक, महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सचिव देवेन्द्र कार्की र महासङ्घका केन्द्रीय सदस्य भीषण राईले गरेका थिए ।

तालिम कार्यक्रमको समापनको अवसरमा गएको कार्तिक–१६ गते सम्पन्न प्रेस सेन्टरको चौथो अधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले प्रमाणपत्र वितरण गरेका थिए ।

तालिम अवधिभर उत्कृष्ट अनुशासित सविता पुरी र उत्कृष्ट समाचार लेख्ने प्रकाश राईलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बरालले पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको प्रायोजन धरान–१६ स्थित जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलले गरेको थियो । स्कुलका प्रिन्सिपल सुमन जवेगूले तालिम उद्घाटनको दिन पुरस्कारको घोषणा गरेका थिए ।कार्यक्रममा सहभागीहरुको तर्फबाट पुष्पा कटुवाल, अंकित ढुङ्गाना, रेजिना लामिछाने र उपार्जुन चाम्लिङले तालिम अवधिभरको अनुभव सुनाए ।

अंकित ढुङ्गानाले तालिम उत्कृष्ट लागेको बताउँदै सिकेको कुरा सदुपयोग गर्ने ठाउँ पाएमा अझ प्रभावकारी हुने बताए ।
समापन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडी, केशव घिमिरे, अर्जुन शर्मा, रिता मोक्तान, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष एवम् सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई र महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेयङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी बराल, सेन्टरका केन्द्रीय सदस्यद्वय घिमिरे र रकेडी, माओवादी केन्द्रका प्रदेश न।१ का सदस्य आइन्द्रविक्रम बेघा, एम्स एकेडेमीका ब्यवस्थापन संयोजक दुर्गा सुवेदी लगायतले शुभकामना तथा मन्तब्य राखेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका १ प्रदेशका उपाध्यक्ष खेम रनपहेली माओवादी केन्द्रका स्थानीय युवा नेताहरु उद्वब लिम्बू, हिमाल कार्की, जीवन राई, रविन श्रेष्ठल गायतको उपस्थिति रहेको थियो । सेन्टरका जिल्ला कोषाध्यक्ष सविना राईले स्वागत मन्तब्य राखेकी थिइन् भने विनोद विश्वकर्माले कार्यक्रम संचालन गरेका थिए ।

9q-1024x732 8-1024x654 9-1536x973 33-1024x674 1 nirmal

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic