सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन, अर्को बैठक पुनः अपराह्न ४ बजे बस्ने

  • माघ १५, २०७८
  • १,८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ ःस्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो।

उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

आज बिहान सवा ९ बजेदेदेखि गठबन्धनको बैठक बसेको थियो। बैठकमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, कार्य सम्पादन समिति सदस्य कृष्णप्रसाद सिटौलासहित गठबन्धन चार दलका ४ शीर्ष नेता थिए।

गठबन्धनको बैठक सकिएपछि फेरि शीर्ष नेता छलफलमा बसेका थिए। अब गठबन्धनको बैठक पुनः अपराह्न ४ बजे बस्ने भएको हो।

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic