नगर सम्मेलन आयोजक समिती गठन

  • माघ २४, २०७८
  • १,७२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ माघ ःप्रेस सेन्टर नेपालको सनिबार धरानमा भएको भेलाले सेन्टरको तेश्रो उप–महानगर सम्मेलन आयोजक समिती गठन गरेको छ।

भेलाले बिनोद बिश्वकर्माको सम्योजकत्वमा १७ सदस्यिय आयोजक समिती गठन भएको हो।

भेलाले माघ–२७ गते बुधबार धरान उप(महानगर सम्मेलन गर्ने निर्णय गरेको सम्योजक बिश्वकर्माले जानकारी दिएकाछन् ।

सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यहरु श्रीसिसा राई, भरतराज शर्मा(गोपाल), अर्जुन शर्मा, जनकऋषि राई र प्रदेस सदस्य सन्जय याखाको उपस्थिती थियो।

सम्मेलन सफल बनाउनका लागि विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको सम्योजक बिश्वकर्माले जानकारी गराए।

गत कार्तिक (१६ गते सेन्टरको चौथो जिल्ला अधिबेसन सम्पन्न भएपछी जिल्ला समन्वय समिती सुनसरीले माघ–६ गते देखि १० गतेसम्म ५ दिवसिय निस्शुल्क आधारभुत पत्रकारिता तालिम आयोजना गरेको थियो।

माघ–१५ गते इटहरी(१६ पकली स्थित राम जानकी शान्ती बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएर सुनसरी जिल्लाले १८ औ स्थापना दिवस मनाएको थियो।

धरान उप–महानगर सम्मेलन सम्पन्न भएपछी जिल्लाका अन्य ठाउहरुमा पालिका गठनलाई तिब्र रुपमा अघि बढाइने जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic