मुख्यमन्त्रीले भन्नुभयो– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ

  • माघ २६, २०७८
  • २५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
विराटनगर, २६ माघः प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमासमन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ ।

‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।’

उहाँले कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीहरूलाई निर्देशन गर्नुभयो ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई आग्रहगर्नुभएको छ । ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उहाँले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । ‘अब जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने हो’ मुख्यमन्त्री राईले भन्नुभयो ।

समीक्षा कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताउनुभयो । ‘मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ’ मन्त्री आङ्बोले भन्नुभयो ।

उहाँले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयहरूको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट
सञ्चालन र खर्च गर्नमा दक्षता बृद्धि हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीहरूलाई स्थीर सरकारको संज्ञा दिदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजश्वको स्रोतलाई बृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताउनुभयो ।

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यकता दम्यता मिलाउन सचिवहरूलाई निर्देशन दिनुभयो ।

उहाँले सरकारका मन्त्रीहरूलाई ऐन, कानूनको बारे सुस्पष्ट जानकारी गराउने काम सम्बन्धित मन्त्रालयका सचिवहरूको भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

समीक्षा कार्यक्रममा प्रदेश नं. १ अन्तर्गतका मन्त्रालय र निकायका सचिवहरूले आ–आफ्ना मन्त्रालय रकार्यालयको अर्ध–वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका सबैजसो मन्त्रीहरूको उपस्थिति रहेको थियो ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic