प्रेस सेन्टर धरान नगरमा बिनोद

  • माघ २६, २०७८
  • ३४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ः प्रेस सेन्टर नेपाल धरान उप(महानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले बिनोद बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यिय नगर कार्य समिती चयन गरेको छ।

धरान–१२ चतरा लाईन स्थित होटल स्टार पुर्बिमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा सर्ण कुमार सम्बाहाम्फे, कोषाध्यक्षमा अन्कित ढुङ्गाना चयन भएका छन।

2

त्यसैगरी सदस्यहरुमा निलेष बिष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा बिश्वकर्मा चयन भएका छन।

त्यस्तै अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाईली, लक्ष्मी कार्की र दिपन विश्वकर्मा रहेका छन। नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडिले शपथ ग्रहण गराए।

4

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, अर्का केन्द्रीय सदस्य केडि लगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र बितरण गरे।

प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका १ न.प्रदेस सदस्य मुक्सामहाङ मेन्याङो (मुकेस), केन्द्रका प्रदेस सदस्य अइन्द्र बिक्रम बेघा, प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका पुर्ब अध्यक्ष केशब घिमिरे, माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा९चोत्लुङ०, माओवादी केन्द्रकी नेत्री एबम महिला सन्जाल धरानकि अध्यक्ष चेतना श्रेङ रहनु भएको थियो ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राईले शुभ–कामना मन्तब्य ब्यक्त गरे। कार्यक्रममा माओवादी नेत्री साबित्रा चौलागाई (भुमिका), वाई.सि.एल.नेपालका केन्द्रीय सदस्य भुवन याखा, प्रेस सेन्टरका प्रदेस न.१ सदस्यद्वय गोबिन्द बस्नेत र सन्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिती थियो।

सेन्टरका जिल्ला सह सचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन बिनोद बिश्वकर्माले गरे।

5 6 7 10 11 9 14 13 12 8

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic