जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान

  • फागुन १, २०७८
  • १,४४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन ः २७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र घरान उपमहानगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रगत नपाएर अस्पतालमा छट्पटिने विरामीलावई सहयोग पुगोस् भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

2 1

कोभिड–१९ कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिका समस्यलाई समधान होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको धरान ३ का पार्टी वडाअध्यक्ष तथा रक्तदान कार्यक्रमको आर्थिक संयोजक मिङ्मा भोटेले जानकारी बताए ।

रक्तदान कार्यक्रम सोचे भन्दा राम्रो भएको र सोचे भन्दा बढी रगत संकलन भएको संयोजक भोटेले जानकारी दिए ।
१० वर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र, लोकतन्त्र आएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साम्हाङ मेन्याङबोले बताए ।

नेपाली जनताको बलीदानीका कारण नेपालमा गणतन्त्र , लोकतन्त्र आएको रक्तदान कार्यक्रममा बोल्दै मेन्याङबोले भने । फरक प्रशंगमा बोल्दै मेन्याङबोले भने नेपालमा अहिले चर्चामा रहेको मिलिनियाम च्यालेज करपुरेशन ( ःऋऋ) नेपालम पास गर्न नदिने पक्षमा नेकपा माओवादी केन्द्र रहेको छ ।

दिवस कार्यक्रमको अवसरमा शुभकामना दिदै मिलिनियाम च्यालेज करपुरेशन ९ ःऋऋ० नेपालमा पास गर्न नहुने पूर्व सांसद किरण राईले बताए । ‘राज्यलाई वैज्ञानिक समाजवाद तर्फ रुपान्तरण गर्नका निम्ति नयाँ ढंगबाट अघि बढ्न जरुरी छ । साथै विदेशी नाङ्गो हस्तक्षेपको बिरुद्धमा सबै एकजुट भएर काम गर्नु पर्छ ।

3

रक्तदान कार्यक्रममा १ सय १४ पिन्ट रगत संकलन भएको छ । संविधान सभा सदस्य किरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम गेल्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सुवास खवासले संचालन गरेको कार्यक्रममा प्रदेश सांसद उमिता बराईली,नेकपा माओवादी पार्टीका नगर सदरुय फोकाहाङ चोत्लुङ, ३ नम्बर वडाकाअध्यक्ष मिङ्मा भोटे, यस्तै, धरान उपमहानगरपालिकाका वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराई लगायत नेकपा नगर कमिटिका पदाधिकारी र धरानका संचरकर्मीहरुको उपस्थिती रहेको थियो ।

4 1 6 1 7 1 8 1 9 1 5 1

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic