कांग्रेसको संगठन सशक्तिकरण र सुदृढिकरण अभियान

  • फागुन १, २०७८
  • २,५९८ पटक पढिएको
  • छाल खबर
alt

 

छाल खवर
धरान,१ फागुन ः नेपाली कांग्रेसले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा गर्न शुरु गरेको छ । नेपालीकांग्रेस क्षेत्र नं. १, सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो ।

कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमाजागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए ।

final  2

उनले संगठनलाई मर्यादित, अनुशासितबनाउने तथा जनता र कार्यकर्ताप्रतिपार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायीबनाउंदै जनअपेक्षा र कार्यकर्ताको भावनाबमोजिम पार्टी गतिविधिगर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशीलबनाई संगठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्नअभियानले सहयोग पुग्नेविश्वास लिएको बताए ।

क्षेत्रीय सभापति तथा प्रदेश १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेताकार्यकर्ताहरुको बोलीव्यवहार शभ्यहुनुपर्ने, लोभलालचमानपर्ने भन्दै आगामी स्थानीयतहको निर्वाचनमाआफुले टिकट पाउंदामात्र खट्ने मनस्थिति हुनु नहुने र टिकट वितरण गर्दा नेतृत्वचुक्नु नहुने बताए ।

उनले रामधुनी ७ को पञ्चायानमाशान्ति सुरक्षाकालागिप्रहरी चौकी स्थापनागर्नुपर्ने बताए ।

रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउंदाकांग्रेसको संगठन खस्केको बताए । उनले एमसीसीलगायतको राष्ट्रिय मूद्दामा कांग्रेस स्पष्ट हुनुपर्ने बताए ।

महाधिवेशनप्रतिनिधिममतातामाङले केन्द्रीय नेताले हरेक मूद्दाहरुमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए ।

पूर्व जिल्ला सदस्य रामराजमहतले पहिलो पटक पार्टी नेताहरु यसरी शुद्धिकरणको कार्यक्रमलिएर वडावडामा आएको भन्दै यस्ता कार्यक्रमहरुले निरन्तरतापाउनुपर्ने बताए ।

उनले आगामी स्थानीयतहको निर्वाचनमाउम्मेदवार छनौट गर्दा पैसाको आधारमानभई लोकप्रियता, क्षमता, इमान्दारीता र योगदानको आधारमा छनौट गर्नुपर्ने बताए ।

क्षेत्रीय सचिव केशव पुरीले कार्यकर्ताको सही मूल्यांकन गरी अवसर प्रदानगरिनुपर्ने बताए ।

प्रदेश प्रतिनिधि सरिताचौधरीले संगठन गर्नुका साथसाथै टोल र बस्तीका जनताहरुको समस्या समेत पहिचान गरी त्यसको समाधानगर्न पहलगर्नुपर्ने बताए ।उनले बक्लौरी १ र २ खानेपानीको अभाव रहेको र खोला नियन्त्रणमा ध्याननपुगेको बताए ।

रामधुनी ७ का वडा सभापतिजगतबहादुर राईले पार्टी नेतृत्वहरु गाउं वस्तीमा आउंदा आफुहरुलाई हौसला र उर्जा मिलेको भन्दै गठन गर्न बांकी टोल समितिहरु गठन गर्ने, भातृ तथाशुभेच्छुक संस्थाहरुलाई चलायमानबनाउने, वडाका बस्तीहरुमा घुम्ती बैठक बस्ने, नियमित रुपले बैठक बस्ने र विविधकार्यक्रमहरु गरिने बताए ।

स्थानीयविकास निर्माणका योजनाहरु लिएर डेलिगेशनजाने समेत उनले बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सहजिकरण तथा सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए भने टिपोट क्षेत्रीय सहसचि भोजराज न्यौपानले गरेका थिए ।

 

जेनजीको प्रदर्शन स् मृतकको सङ्ख्या १५ पुग्यो

छाल खवर काठमाडौँ,२३ भाद्रः जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर समाचार तय ...

नेपाल तरुण दलद्धारा गृहमन्त्रीलाई वर्खास्त गरी कान

छाल खवर धरान,२३ भाद्रः नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नं. १ सुनसरीले ...

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic