आवश्यकता अनुसार गठबन्धन हुने कांग्रेस महामन्त्री थापाको भनाई

  • फागुन ३, २०७८
  • २,४४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,३ फागुन ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ आयोजित नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले सो कुरा वताएका हुन् ।

कार्यक्रममा नेता थापाले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गरे ।

कार्यक्रममा वोल्दै थापाले कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमिति लगायत जिल्ला तहबाटै निर्क्योल गरे मात्र उपलब्धि हासिल गर्न सकिने उल्लेख गरेकाछन् ।

कसैले हल्ला गर्दैमा निर्वाचन नसर्ने वताउदै सरकारले तोकिएकै समयमा निर्वाचन गर्ने जिकिर समेत गरेकाछन् ।

थप अर्को प्रसंगमा वोल्दै नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए ।

उनले भने, ‘उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।’ उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic