कांग्रेस सुनसरी क्षेत्र नं. १ (१) को प्रवक्तामा युवराज शंकर

  • फागुन ९, २०७८
  • ५,९२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुन ः नेपाली काङ्ग्रेस प्रदेशसभा सुनसरी क्षेत्र नं. १ (१) क्षेत्रीय समितिको प्रवक्ताको जिम्मेवारी युवराज शङ्करले पाएकाछन् ।

आइतबार पार्टी कार्यालयमा विभिन्न विभागको जिम्मेवारी बाँडफाड गर्नेक्रममा पार्टीले प्रवक्ताको जिम्मेवारी शङ्करले पाएका हुन् ।

उनी समितिका निर्वाचित सचिव हुन् । उनलाई प्रवक्ता साथै शान्ति सुरक्षा तथा प्रशासन विभागको संयोजकको जिम्मेवारी पनि दिइएको छ ।

अन्तरपार्टी सम्पर्क विभागको संयोजक प्रदिप शाक्य, कृषि तथा सहकारी विभागको संयोजक झुमादेवी राई चयन भएका छन् ।

सङ्गठन विभागमा संयोजक राजेन्द्र राई, भातृ सङ्गठन विभागमा हरिप्रसाद ओझा, स्वास्थ्य विभागमा रमिता श्रेष्ठ, आर्थिक विभागमा रमिना सुब्बाले पाएकीछिन् ।

त्यसैगरी अव्यवस्थित बसोबास बस्ति संरक्षण विभागमा डम्बरबहादुर राई (सुवास), महिला विभागमा कुसुम लता ओली, तरुण विभागमा किरण राई, युवा तथा खेलकुद विभागमा रोशन रेग्मी, सुभेच्क्षुक संस्था समन्वय विभागमा मञ्जिल कसजु, शिक्षा विभागमा रविन आचार्य, जनप्रतिनिधि समन्वय विभागमा रहिसा कसजु, श्रमिक तथा ट्रेड युनियन विभागमा रमेश बस्नेतलाई दिइएको पार्टीले जनाएको छ ।

त्यस्तै वन, वातावरण तथा विपद व्यवस्थापन विभागमा खगेन्द्र देवान, मारवाडी समुदाय समन्वय विभागमा नरेश अग्रवाल, मुस्लिम समुदाय समन्वय विभागमा औसाद आलम, पेशागत तथा बुद्धिजिवी समन्वय विभागमा बिद्या शाक्य र संस्कार संस्कृति संरक्षण विभागमा विष्णु मोक्तानलाई जिम्मेवारी दिइएको पार्टी प्रवक्त शंकरले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic