प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक सम्पन्न

  • फागुन १०, २०७८
  • २,४८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ःप्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो ।

प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्नुभएको थियो ।

Photo-2 final

बैठकको सञ्चालन स्वास्थ्य मन्त्री जयराम यादवले गर्नुभयो ।

मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने कामको जिम्मेवारी दिएको थियो ।

सोहीबमोजिम सर्वदलीय बैठक आह्वान गएिको मन्त्री यादवले बताउनुभयो ।

बैठकमा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको सुरुवात गरिएको बताउनुभयो ।

उहाँले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्नुुभयो ।

सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राख्नुभयो ।

त्यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले पनि बोल्नुभएको थियो ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic