धरान १७ र १८ मा कांग्रेसको सशक्तिकरण अभियान

  • फागुन १०, २०७८
  • १,७५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुनः नेपालीकांग्रेसले सुनसरी क्षेत्र नं.१ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडा वडामा अभियान सञ्चालन गरेको छ ।

सोही अभियान स्वरुप क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरान १७ र १८ मा सशक्तिकरण अभियानगरिएको हो ।

संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवापुगेको सहभागीहरुले बताएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु र प्रशिक्षण कार्यक्रमहरु नियमित रुपले सञ्चालन गरिनु पर्नेमा जोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए ।

final photo 2

धरान १८ को कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, १ नं. प्रदेश सदस्य अन्जना राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, क्षेत्रीय सदस्य अतुल श्रेष्ठ, प्रदेश सम्मेलन सदस्य हिमाल राई, वडा सभापति एवम् जनप्रतिनिधि सदस्य टंकप्रसाद गुरुङ, निवर्तमान वडा सभापति नवराज श्रेष्ठ लगायतले विचार राखेका थिए ।

त्यसैगरी धरान १७ मा भएको कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई,महाधिवेशन प्रतिनिधि नारद राई, क्षेत्रीय सदस्यद्धय उमेश पौडेल र आराध्य देवी राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का उपसभापति डिल्लीशेर राई, वडा सभापति सुरज कार्की, क्षेत्रीय प्रतिनिधि गोपाल कार्की, पूर्व वडासचिव शेखर तामाङ लगायतले विचार राखेकाथिए ।

कार्यक्रममा जिल्ला सदस्य अनुपमा सुनुवार, महासमिति सदस्यद्धय कृष्णकला मादेन र सन्तोष विक, महाधिवेशन प्रतिनिधिद्धय पुजा धामी र रवि राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठ,धरान नगर सचिव जितेन्द्र राई,जनप्रतिनिधि वडा सदस्य दिलकुमारी राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजिकरण क्षेत्रीय सचिव केशव पुरी, सहसचिवद्धय भोजकुमार न्यौपाने र सुमित राईले गरेकाथिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic