धरान १७ र १८ मा कांग्रेसको सशक्तिकरण अभियान

  • फागुन १०, २०७८
  • १,७६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुनः नेपालीकांग्रेसले सुनसरी क्षेत्र नं.१ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडा वडामा अभियान सञ्चालन गरेको छ ।

सोही अभियान स्वरुप क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरान १७ र १८ मा सशक्तिकरण अभियानगरिएको हो ।

संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवापुगेको सहभागीहरुले बताएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु र प्रशिक्षण कार्यक्रमहरु नियमित रुपले सञ्चालन गरिनु पर्नेमा जोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए ।

final photo 2

धरान १८ को कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, १ नं. प्रदेश सदस्य अन्जना राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, क्षेत्रीय सदस्य अतुल श्रेष्ठ, प्रदेश सम्मेलन सदस्य हिमाल राई, वडा सभापति एवम् जनप्रतिनिधि सदस्य टंकप्रसाद गुरुङ, निवर्तमान वडा सभापति नवराज श्रेष्ठ लगायतले विचार राखेका थिए ।

त्यसैगरी धरान १७ मा भएको कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई,महाधिवेशन प्रतिनिधि नारद राई, क्षेत्रीय सदस्यद्धय उमेश पौडेल र आराध्य देवी राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(२) का उपसभापति डिल्लीशेर राई, वडा सभापति सुरज कार्की, क्षेत्रीय प्रतिनिधि गोपाल कार्की, पूर्व वडासचिव शेखर तामाङ लगायतले विचार राखेकाथिए ।

कार्यक्रममा जिल्ला सदस्य अनुपमा सुनुवार, महासमिति सदस्यद्धय कृष्णकला मादेन र सन्तोष विक, महाधिवेशन प्रतिनिधिद्धय पुजा धामी र रवि राई, प्रदेश सभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठ,धरान नगर सचिव जितेन्द्र राई,जनप्रतिनिधि वडा सदस्य दिलकुमारी राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजिकरण क्षेत्रीय सचिव केशव पुरी, सहसचिवद्धय भोजकुमार न्यौपाने र सुमित राईले गरेकाथिए ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic