बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम 

  • फागुन १५, २०७८
  • २,०७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ फागुन ः प्रेस सेन्टर नेपाल सुनसरीले बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम सम्पन्न गरेको छ ।

प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा शुक्रबार र शनिवार गरी २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम दिइएको हो ।

सेन्टरका सुनसरी सचिव तथा तालिम संयोजक अच्युत भट्टराईका अनुसार नगर क्षेत्रभरीबाट ३३ जनाले तालिममा सहभागीता जनाएकाछन् ।

तालिममा मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएकोे सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए ।

नया युवा पत्रकार उत्पादन गर्ने उद्देश्यले आधारभूत तालिमको आयोजना गरेको कार्कीको भनाई रहेको छ ।

तालिमको उद्घाटन सेन्टरका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथी रहेका थिए ।

तालिम निकै फलदायी एवम् उपलब्धीमुलक भएको सहभागी तिर्थराज घिमिरेको भनाई रहेको छ । यस अघि पनि सेन्टरले गत माघ (६ देखि १०) गते सम्म धरानमा ५ दिने आधारभूत निःशुल्क पत्रकारिता तालिम संचालन गरेको थियो ।

सो तालिममा सहभागीता भएका प्रशिक्षार्थीहरु अहिले सुनसरीको विभिन्न मिडियामा कार्यरत रहेका छन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic