कांग्रेस क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना नेकपा माओवादी केन्द्र प्रवेश

  • फागुन २०, २०७८
  • १७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२०फागुनः निर्वाचनको समयमा दल परित्याग र प्रवेशको लहर चल्ने गरेको छ । सोहीक्रममा धरान–१७ मा पनि त्यस्तै भएको छ ।

अखिल नेपाल महिला (अनेम)संघ क्रान्तिकारीको धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडा भेलाका क्रममा पार्टीै प्रवेश समेत भएको हो ।

यसै कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

anema

पार्टीले जनताको काममा चासो नदेखाएर पार्टीका नेताको मात्र काम गर्ने नेताहरुको भिड भएकोले नेपाली कांग्रेस जनताको पार्टी नभएको ठहर गर्दै पार्टि परित्याग गरेको राईले बताए । उनले भने जनताको मनोभावना बुझ्ने नेकपा माओवादी केन्द्र भएको बताए । उनले भने हाल मुलुक माओवादी कै रोडम्यापमा हिँडेको बताए ।

धरान १७ स्थित उदय सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बबिता कार्कीको अध्यक्षतामा १०१ सदस्यीय अनेम संघ क्रान्तिकारीको वडा कमिटि गठन भएको छ ।कमिटिको सचिवमा उषा परियार चयन भएकी छन ।

अनेम संघ क्रान्तिकारिको अध्यक्षतामा आयोजित पार्टी प्रवेश तथा अनेम संघ कमिटि वडा भेला कार्यक्रममा प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेश प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी प्रदेश सदस्य आइन्द्र विक्रम बेघा, जस कुमार राई प्रवेश, पुर्ण भुजेल चिन्तन, अनेम संघ क्रान्तिकारी सुनसरी जिल्ला अध्यक्ष ज्योती लिम्बु, नगर अध्यक्ष सोमा गीरी अतिति रहेका थिए । यस्तै नेकपा ९माओवादी केन्द्र० पार्टी धरान उपमहानगरपालिका नगर कमिटि सदस्य मनोज भट्टराई, युवराज विष्ट लगायतका नगर सदस्यहरुको पनि अतिथिको रुपमा उपस्थिती थियो ।

त्यसैगरी धरान १७ नम्बर वडा पार्टी अध्यक्ष सुबास बर्देवासमेत अथितिको रुपमा उपस्थिती भएको कार्यक्रम अनेम संघ क्रान्तिकारी धरान १७ वडा कमिटि सचिव उषा परियारले सञ्चालन गरेकी थिइन ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic