कांग्रेस क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना नेकपा माओवादी केन्द्र प्रवेश

  • फागुन २०, २०७८
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२०फागुनः निर्वाचनको समयमा दल परित्याग र प्रवेशको लहर चल्ने गरेको छ । सोहीक्रममा धरान–१७ मा पनि त्यस्तै भएको छ ।

अखिल नेपाल महिला (अनेम)संघ क्रान्तिकारीको धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडा भेलाका क्रममा पार्टीै प्रवेश समेत भएको हो ।

यसै कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

anema

पार्टीले जनताको काममा चासो नदेखाएर पार्टीका नेताको मात्र काम गर्ने नेताहरुको भिड भएकोले नेपाली कांग्रेस जनताको पार्टी नभएको ठहर गर्दै पार्टि परित्याग गरेको राईले बताए । उनले भने जनताको मनोभावना बुझ्ने नेकपा माओवादी केन्द्र भएको बताए । उनले भने हाल मुलुक माओवादी कै रोडम्यापमा हिँडेको बताए ।

धरान १७ स्थित उदय सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बबिता कार्कीको अध्यक्षतामा १०१ सदस्यीय अनेम संघ क्रान्तिकारीको वडा कमिटि गठन भएको छ ।कमिटिको सचिवमा उषा परियार चयन भएकी छन ।

अनेम संघ क्रान्तिकारिको अध्यक्षतामा आयोजित पार्टी प्रवेश तथा अनेम संघ कमिटि वडा भेला कार्यक्रममा प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेश प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी प्रदेश सदस्य आइन्द्र विक्रम बेघा, जस कुमार राई प्रवेश, पुर्ण भुजेल चिन्तन, अनेम संघ क्रान्तिकारी सुनसरी जिल्ला अध्यक्ष ज्योती लिम्बु, नगर अध्यक्ष सोमा गीरी अतिति रहेका थिए । यस्तै नेकपा ९माओवादी केन्द्र० पार्टी धरान उपमहानगरपालिका नगर कमिटि सदस्य मनोज भट्टराई, युवराज विष्ट लगायतका नगर सदस्यहरुको पनि अतिथिको रुपमा उपस्थिती थियो ।

त्यसैगरी धरान १७ नम्बर वडा पार्टी अध्यक्ष सुबास बर्देवासमेत अथितिको रुपमा उपस्थिती भएको कार्यक्रम अनेम संघ क्रान्तिकारी धरान १७ वडा कमिटि सचिव उषा परियारले सञ्चालन गरेकी थिइन ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic