लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस –सभामुख भण्डारी

  • फागुन २४, २०७८
  • २,१३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन ः अन्तराष्ट्रिय नारि दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ ।

महिला मुक्तीका निमित्त महिला सशक्तिकरणको अभियानलाई सशक्त बनाउदै लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेद र अमानवीय व्यवहारहरु विरुद्ध अभियानका रुपमा मनाउदै आएको छ ।

“सामाजिक न्याय र लैंगिक समानताः दिगो किासको सुनिश्चितत” भन्ने राष्ट्रिय संकल्पका साथ १२२ औं अन्तराष्ट्रिय नारि दिवस मनाउदै गर्दा महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै यस दिनले सबै प्रकारका हिँसाहरुको अन्त्य गर्ने प्रेरणा प्रदान गर्ने उहाँले बताउनु भएको छ ।

press re

ूपरिवर्तित राजनितिक प्रणालीको अभ्यास गरिरहेको सन्दर्भमा महिलाको हक अधिकार सुनिश्चित गर्न संविधानमा गरिएका संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरूको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा भएको उल्लेख्य वृद्धिले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ ।आज उहाँले जारी गर्नु भएको सन्देशमा भनिएको छ ।

यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न साथै सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic