आक्रमण रुपमा संगठन विस्तार गर्दै नेकपा एस धरान–५ अध्यक्षमा दिलकुमारी लिम्बू

  • फागुन ३०, २०७८
  • ३,०२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुन ः नेकपा (एकीकृत समाजवादी) ले आफ्नो सससससंगठन विस्तारलाई तिव्रता दिएको छ ।
तिव्र्रता दिनेक्रममा धरान–५ मा वडा कमिटी गठन भएको छ ।

भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बू रहेका छन ।

वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए ।

2

भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णिमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सूर्य राई लगायतको उपस्थिति रहेको थियो ।

उपसचिव अमृता रामदामले धरानका सवै वडामा पार्टी र जनवर्गीय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनतामाझ पुगेको बताइन् ।

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic