फागुपुर्णिमाले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस - सभामुख प्रदीपकुमार भण्डारी

  • चैत ३, २०७८
  • ५८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर

धरान चैत्र ३ ः प्रदेश नं। १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाले शुभकामना ससन्देश जारी गर्दै ससससहिमाल पहाड तराइँलाई एकताको सुत्रमा बाँध्दै आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाले पर्वको रुपमा स्थापित फागुपूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको हामी नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास समेत सव्यक्त गर्नु भएको छ ।

फागु पुर्णिमाको अवसरमा शुभकामना दिदै सभामुख भण्डारीले यो पर्व विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको उल्लेख गर्दै शुद्धता, पवित्रता, सौभाग्य, शक्ति तथा प्रेमको प्रतिक रातो रङ्ग, भक्ती, धर्मको प्रतिक पहेलो रङ्ग, प्राण, जीवनशक्ति तथा मार्मिकताको प्रतिक हरियो रङ्ग अनि धर्म युद्ध, कर्तव्य तथा जिम्मेवारीबोधको प्रतिक निलो रङ्गहरुको प्रयोग गरेर शरद ऋतुलाई विदाई गर्दै वसन्त ऋतुको आगमन सँगै मनाईने फागुपुर्णिमाले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस भन्ने कामना गर्नु भएको छ ।

क्षमा गरौं हाँसौं हसाऔं प्रेमपूर्वक जीवन बिताऔं भन्ने सन्देश दिने सबै नेपालीको साझा पर्वको रुपमा विकसित रङ्गहरूको पर्व फागुपूर्णिमाले हामी बिच एकता, भाईचारा, सहिष्णुता र सद्भाव कायम गर्दै मुलुकको विकास समृद्धिका निमित्त सबै खाले स्वार्थ भन्दा माथी उठेर साझा सहमती तथा एकता साथ अगाडी बढ्ने प्रेरणा प्रदान गर्ने उहाँले बताउनु भएको छ ।

सभामुख भण्डारीले दिएको शुभकामना सन्देशमा असत्य माथी सत्य, हिंसा माथी सद्भाव, घृणा माथी प्रेम, क्रुरता माथी शालिनताको विजयोत्सवको रुपमा मनाईने रङ्गहरुको पर्व फागुपुर्णिमाले आपसी राग, द्धेष, मनोमालिन्य समाप्त गरेर सबै नेपालीलाई एकताको सुत्रमा जोड्ने विश्वास व्यक्त गरिएको छ ।

pradip

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic