माओवादी केन्द्र धरानको अध्यक्षमा भट्टराई निर्वाचित धरानलाई एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्ने पार्टी वनाउने प्रतिवद्धता

  • चैत ८, २०७८
  • ९,४३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ चैत ः नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको सोमवार भएको निर्वाचनबाट सुर्यबहादुर भट्टराई (मनोज) अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।

अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी उद्धवबहादुर लिम्बुले ३० मत पाएका थिए भने अध्यक्षका अर्का उम्मेदवार सिपी बजगाईले २ मत पाएका थिए ।

भट्टराई धरान १७ का वडाध्यक्ष समेत हुन । माओवादी केन्द्रको तर्फबाट जनप्रतिनिधि निर्वाचित हुने भट्टराई मात्र हुन ।

यस्तै, खुला दुई उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी भएका थिए भने सम्फर तामाङले ३२ मत पाई विजयी घोषित भएका थिए ।

सचिव पदमा विदुर महतले ३६ मत पाएर विजयी घोषित भए भने उनका निकटतम प्रतिद्धन्दी चेतना श्रेङले ३० मत पाएकी थिइन ।

महिला उपाध्यक्षमा मनिता राई (जाइर्का) सहसचिवमा खेम रनपहेली र कोषाध्यक्ष लिलाबहादुर प्रधान निर्विरोध निवार्चित भएको प्रमुख निर्वाचन अधिकृत केषव घिमिरेले जानकारी दिएकाछन् ।

नवनिवार्चित पदाधिकारीहरुलाई केन्द्रीय सदस्य किरण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । गत पुष ९ गते भएको सम्मेलनले ८१ सदस्यीय नगर कमिटी चयन गरेपनि पदाधिकारीहरु भने चयन भएको थिएन ।

शपथ ग्रहण पछि प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष भट्टराईले माओवादी पार्टीलाई एकढिक्का बनाउदै धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम पार्टी वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पार्टीलाई विधि, विधान, प्रक्रिया, पद्दती अनुसार चलाउन सबैलाई साथ लिएर अघि बढने समेत थप प्रतिवद्धता जनाएकाछन् ।

उनले पार्टीलाई मजवुत वनाउनेमा आसावादी रहेको कार्यकर्ताहरुको विश्वास रहेको छ ।

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic