धरानमा नेकपा एस गाउ पस्दा एमाले छाडनेको भिड  चार नम्बरको दानावारीमा जय तामाङ अध्यक्षमा चयन

  • चैत १२, २०७८
  • २,५८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ चैतः नेकपा (एकिकृत समाजवादी)ले धरानमा आफ्नो संगठन विस्तारलाई वित्र रुपमा अघि वढाएको छ । यतिवेला केन्द्र देखि गाउ गाउका नेता कार्यकर्ताहरु संगठन निर्माण अहोरात्र खटिएकाछन् ।

एकिकृत समाजवादीले शनिवार धरान ४ स्थित दानावारीमा टोल कमिटी निर्माण गरेको छ । एमालेको पकड वडा मानिने यो वडामा समाजवादीले यस अघि तेलनपुर ढाडेमा सिंगो गाउ नै समाजवादीमा समाहित गरीसकेको छ ।

दुईसातादेखि वडा तथा टोल वस्तीमा संगठन निर्माण अभियान मा जुटेको समाजवादीले निकै प्रभाव जमाउन थालेको छ ।

संगठन निर्माण अभियान लिएर टोल वस्तीमा पुग्दा नेकपा एकिकृत समाजवादीको पक्षमा स्थानीय तहमा स्थानीयवासीको हौसलापूर्ण सहभागीता र आर्कषण हुुने गरेको केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज तथा सुनसरी क्षेत्र क संयोजक शुष्मा राईको भनाई रहेको छ ।

भेलाले धरान ४ स्थित हर्दिया र दानावारी स्थित टोल वस्तीमा रहेका स्थानियहरुको भेलाले जय तामाङको अध्यक्षतामा नेकपा एकिकृत समाजवादीको टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश राई, सचिवमा मणि कुमार राई, उपसचिव सीता मगर चयन भएका छन ।

नेकपा एसकी केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज शुष्मा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै नेकपा एकिकृत समाजवादी अन्य दल भन्दा फरक भएकाले जनताका समस्या प्रति संवेदनशिल बन्दै विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताइन ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जीवन राई विशेष अतिथि रहेका थिए । जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज किशोर सुव्वा,जिल्ला सदस्य, गोविन्द वि.क. लगायतको उपस्थिति रहेको थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic