नेवाः देय् दवूको अध्यक्षमा पवित्र वज्राचार्य विजयी संस्थाको आफ्नै भवन निर्माणको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त

  • चैत १६, २०७८
  • २,७९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ चैत ः नेवारहरुको छाता संगठन नेवाः देय् दवूको धरानमा दुइसम्म जारी सातौ महाधिवेशनमा भारी मतका साथ पवित्र वज्राचार्य अध्यक्ष पदमा विजयी भएकाछन् ।

आफ्नो निकटतम प्रतिद्धन्द्धी माइलाबावु डंगोललाई भारी मत अन्तरले पराजित गरी वज्राचार्य विजयी वनेका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी र महिला उपाध्यक्षमा रश्मिला प्रजापति निर्वाचित भएकाछन् ।

त्यस्तै प्रदेश उपाध्यक्षहरुमा १ नं. प्रदेश उपाध्यक्षमा अनिल मास्के,मधेश प्रदेशमा घनश्याम श्रेष्ठ, बाग्मति प्रदेशमा शान्त श्रेष्ठ,गण्डकीमा हरीकुमार श्रेष्ठ,लुम्विनीमा नरेशकुमार राजभण्डारी, कर्णाली प्रदेश उपाध्यक्षमा खगेन्द्र बहादुर श्रेष्ठ,सुदुरपश्चिम प्रदेशमा विकास श्रेष्ठ, स्वनिगः विशेष समिति उपाध्यक्षमा उमेश स्थापित निर्वाचित भएकाछन् ।

महाधिवेशनले सत्यराम डंगोललाई महासचिवमा निर्विरोध निर्वाचित गरेको छ राजेन्द्रकुमार श्रेष्ठलाई उपमहासचिव निर्वाचित गरेको छ ।

यता कोषाध्यक्ष र तीन सचिवमा क्रमस निरन्जन रत्न शाक्य,मचाराजा महर्जन,हरीकुमार श्रेष्ठ र दिनेश शाक्य निर्वाचित भएकाछन् ।

त्यसैगरी प्रदेश सदस्यमा प्रदेश १ बाट सोमबहादुर श्रेष्ठ,मधेश प्रदेशबाट चम्पा श्रेष्ठ,बागमति प्रदेशबाट हरीकुमार श्रेष्ठ,लुम्वीनीबाट लोकहरी श्रेष्ठ,कर्णालीबाट संगीता श्रेष्ठ,सुदुरपश्चिमबाट तुलसी श्रेष्ठ (पुनम) स्वनीगः विशेष समितिबाट सविता मर्हजन निर्वाचित भएकाछन् ।

final phboto

उता महिला सदस्यहरुका विमला प्रधान, दिलकुमारी श्रेष्ठ,बसन्ता श्रेष्ठ,बालकुमारी श्रेष्ठ,विद्या मास्के,विमला श्रेष्ठ,रमना श्रेष्ठछन् ।

खुल्ला सदस्यहरुमा उपेन्द्र प्रधान,अनिल श्रेष्ठ लेकाली, दक्ष नारायण श्रेष्ठ,कमल श्रेष्ठ,हरीकृष्ण श्रेष्ठ, भुवन श्रेष्ठ,माइला डंगोल,नरेश कुमार शाक्य, तिलक बहादुर श्रेष्ठ र प्रकाश खड्गी निर्वाचित भएकाछन् ।

धरानमा चैत १४ र पन्ध्र गते सातौ राष्ट्रिय सम्मेलन आयोजना गरीएको थियो ।

निर्वाचित भएपछि प्रतिक्रिया दिदै अध्यक्ष पवित्र वज्राचार्यले आफुले निर्वाचनमा गरेका प्रतिवद्धता कार्यान्वयन गराउन आफू प्रतिवद्ध रहेको वताए ।

उनले अघिल्लो कार्यसमितिले गरेको कार्यहरुका संस्थागत गर्दै संस्थाको आफ्नै भवन निर्माणको लागि पहल गर्ने,नेवाः देय् दवूलाई वास्तविक अर्थमा नेवारहरुको राष्ट्रिय संगठन बनाउने, उपत्यका भित्र र वाहिर भन्ने भावनालाई निर्मुल पारी देशभरका नेवारहरुलाई एकतावद्ध गराउनमा आफू लागि पर्नेमा जोडदिएकाछन् ।

त्यस्तै देशभरीका नेवारहरुलाई नेवाः लिपिका साथै नेपाल भाषामा वोल्न पढन र लेख्ने क्षमता विकास गराउन, नेवाः संस्कार संस्कृति र सम्पदाको संरक्षण गर्नको लागि आफू सदैव लागिरहने थप प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

 

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic