धरानमा ठूला योजनाहरू माग गर्दै काँग्रेस नेताहरु काठमाण्डौमा खानेपानीको दीर्घकालिन समाधानका लागि विशेष पहल गर्ने

  • चैत १७, २०७८
  • १४,५३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ चैत ः धरानका राष्ट्रिय गौरवका योजनाहरु आगामी कार्यक्रममा समावेश गर्न माग गर्दै नेपाली कांगेसका प्रतिनिधि काठमाडौं पुगेकाछन् ।

विकास, निर्माण तथा राष्ट्रिय गौरवका योजनामा धरानको पहुँच पुर्‍याउन नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डल काठमाडौँ पुगेको हो ।

धरानमा प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई खानेपानी सम्बन्धी विज्ञ टोलीले तयार गरेको रिपोर्ट समेत वुझाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को सङ्घीय बजेट निर्माणको तयारी भइरहेको छ । वजेट निर्माणमा विकाश निर्माण र आर्थिक नीतिमा स्थानीय तहले सङ्घीय सरकारबाट पाउने भागबन्डा लाग्ने भएकोले दीर्घकालिन योजना समावेश गर्न टोली काठमाडौं गएको टोलीले जनाएको छ ।

नेपाली कांग्रेसका धरान सभापति श्याम पोख्रेलका अनुसार राष्ट्रिय गौरवका योजनामा धरानको पहुँच पुर्‍याउन नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डल बुधवार काठमाडौँ पुगेको हो ।

प्रतिनिधि मण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा लगायत धरानको विकास, निर्माण र समस्यासँग सम्बद्ध मन्त्रालयका मन्त्री, अधिकारीहरुसंग भेट गरी राष्ट्रिय गौरवका योजना, तथा हाल निर्माणाधीन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सम्बद्ध सवै योजनामा बजेट विनियोजन गर्न पहल गर्ने पोख्रेलको भनाई रहेको छ ।

टोलीमा नगर सभापति पोखरेल, प्रदेश सभा १ ‘क’ र ‘ख’ क्षेत्रीय सभापतिद्धय अनिल श्रेष्ठ, मुरारी भट्टराई, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य तथा धरान नगर प्रमुख तिलक राई, महिला नेतृ लक्ष्मी खतिवडा, महासमिति सदस्य सन्तोष विक, महाधिवेशन प्रतिनिधि तुलसी गौतम, सन्दीप श्रेष्ठ लगायत सहभागी रहेको ख क्षेत्रका सभापति मुरारी भट्टराईले जानकारी दिए ।

सो टोलीमा जिल्लाका सांसद, मन्त्री तथा काठमाण्डौमा उपलब्ध धरानका सरोकारवालाहरू पनि समावेश हुने सभापति भट्टराईको भनाई रहेको छ ।

सङ्घीय बजेटमा धरानका ठूला योजनाहरु निर्माणाधिन बसपार्क,औद्योगिक क्षेत्र, सर्दु सेउतीमा पुल लगायतका योजनाहरू समावेश गर्न माग गरीएको छ ।

नगरपालिकाले खेलकुदको सहर बनाउने सहित ४ वाट गुरुयोजना तयार गरेको छ साथै यसमा विजयपुरको धार्मिक, ऐतिहासिक स्थलहरूको पर्यटकीय विकास र संरक्षणका गुरु योजना त्यसमा समावेश गरीएको छ ।

टोलीले धरानको सर्दु, सेउती कोरिडोर सडक, धरान–लेउती खोला सुरुङ मार्गको अवधारणालाई नयाँ राष्ट्रिय गौरवका योजनाको रूपमा अघि सारिएको र सो कार्यका लागि बजेटमा समावेश गर्न ध्यानाकर्षण गराइने नगर सभापति पोखरेलले जानकारी दिएकाछन् ।

दिन प्रतिदिन बढ्दो रुपमा रहेको सहरीकरणका कारण धरानमा खानेपानी आपूर्ति व्यवस्थामा भएको समस्याका बारेमा विज्ञ समूहको प्रतिवेदन अनुसार सरकारले तत्काल समाधानको कदम चाल्न माग गरिने भएको छ ।

सरकारले स्थानीय,प्रदेश तथा संघीय सरकारको चुनावलाई लक्षित गरी बजेट सबैतिर छर्ने भएकोले दीर्घकालीन परिणाम दिने योजनाहरूलाई प्राथमिकतामा राखिनु पर्ने सुझाव दिइने सभापति पोखरेलको भनाई रहेको छ ।

टोलीमा सहभागी अन्य गौरवका योजनाहरुसंगै धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्यालाई दीर्घकालिन समाधानका लागि विशेष पहल गरीने नेपाली कांग्रेस सुनसरीका सचिव माधव घिसिङले जानकारी दिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic