एकिकृत समाजवादीको धरानमा संगठन अभियान तिव्र पद्मा सुब्बाको अध्यक्षतामा अनेमसंघ समाजवादी गठन

  • चैत २०, २०७८
  • १४२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० चैत ः धरानमा नेकपा (एकिकृत समाजवादी) को भातृ संगठन अखिल नेपाल महिला संघ समाजवादीको गठन भएको छ ।

चुनावी अभियानसंगै संगठन निर्माणमा जुटेको सो पार्टीले कमिटी निर्माणलाई तिव्रता दिन थालेको हो ।

संगठन निर्माणको अभियान अन्र्तगत धरानमा पदमा सुब्बाको अध्यक्षतामा महिला कमिटी निर्माण भएको छ ।

शनिवारको भेलाले सुव्वाको अध्यक्षतामा सुब्बाको नेतृत्वमा ५१ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा कल्पना श्रेष्ठ (सुब्बा) र मिना लिम्बू, सचिवमा करुणा राई, उपसचिवमा गिता चैलागाई र मिना विश्वकर्मा चयन भएका छन् ।

यसैगरि कार्यसमिती सदस्यहरुमा दिलपना श्रेष्ठ, हिमादेवी श्रेष्ठ, निर्मला दियाली, मेनुका देवान, बिमला कार्की, सम्झना दाहाल, कुसुम घिमिरे, सुमिता कार्की, अनिता मग्राती, सिता नेपाल,लक्ष्मी लिम्बु लगायत रहेका छन ।

अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय सदस्य तथा प्रदेश १की सचिव रेखा खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।

सचिव खतिवडाले नेकपा एकिकृत समाजवादीले लिएको राजनितिक कार्यदिशा र समाजवादको यात्राको सही दिशाले महिलाको हक अधिकार र सुरक्षाका लागि अनेमसंघमा सवै खाले महिला दिदी बहिनी संगठित भएर जानुपर्ने बताइन ।

अनेमसंघ समाजवादीकी प्रदेश एककी सदस्य अमृता रामदाम सेन्चुरीले धरानमा रहेका सवै खाले महिलाहरुलाई वडा तहसम्मको कमिटीमा संगठित गरि अनेमसंघलाई सशक्त संगठनका रुपमा स्थापित गरि महिला मुक्तीको अभियान सफल बनाउन सकिने बताइन ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic