एकिकृत समाजवादीको धरानमा संगठन अभियान तिव्र पद्मा सुब्बाको अध्यक्षतामा अनेमसंघ समाजवादी गठन

  • चैत २०, २०७८
  • ११२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० चैत ः धरानमा नेकपा (एकिकृत समाजवादी) को भातृ संगठन अखिल नेपाल महिला संघ समाजवादीको गठन भएको छ ।

चुनावी अभियानसंगै संगठन निर्माणमा जुटेको सो पार्टीले कमिटी निर्माणलाई तिव्रता दिन थालेको हो ।

संगठन निर्माणको अभियान अन्र्तगत धरानमा पदमा सुब्बाको अध्यक्षतामा महिला कमिटी निर्माण भएको छ ।

शनिवारको भेलाले सुव्वाको अध्यक्षतामा सुब्बाको नेतृत्वमा ५१ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा कल्पना श्रेष्ठ (सुब्बा) र मिना लिम्बू, सचिवमा करुणा राई, उपसचिवमा गिता चैलागाई र मिना विश्वकर्मा चयन भएका छन् ।

यसैगरि कार्यसमिती सदस्यहरुमा दिलपना श्रेष्ठ, हिमादेवी श्रेष्ठ, निर्मला दियाली, मेनुका देवान, बिमला कार्की, सम्झना दाहाल, कुसुम घिमिरे, सुमिता कार्की, अनिता मग्राती, सिता नेपाल,लक्ष्मी लिम्बु लगायत रहेका छन ।

अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय सदस्य तथा प्रदेश १की सचिव रेखा खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।

सचिव खतिवडाले नेकपा एकिकृत समाजवादीले लिएको राजनितिक कार्यदिशा र समाजवादको यात्राको सही दिशाले महिलाको हक अधिकार र सुरक्षाका लागि अनेमसंघमा सवै खाले महिला दिदी बहिनी संगठित भएर जानुपर्ने बताइन ।

अनेमसंघ समाजवादीकी प्रदेश एककी सदस्य अमृता रामदाम सेन्चुरीले धरानमा रहेका सवै खाले महिलाहरुलाई वडा तहसम्मको कमिटीमा संगठित गरि अनेमसंघलाई सशक्त संगठनका रुपमा स्थापित गरि महिला मुक्तीको अभियान सफल बनाउन सकिने बताइन ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic