सौर्य हेल्थ केयर फाउन्डेसनद्धारा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण ४५ जना सञ्चारकर्मीले भिटामिन डिको खोपबाट लाभान्वित

  • चैत २६, २०७८
  • ४,८२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ चैत ःसौय हेल्थ केयर फाउण्डेशन प्रा.लि. धरानले सुनसरीका सञ्चारकर्मीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन डी खोप कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएको र ४५ जनाले इसिजी सेवा निःशुल्क लिएको फाउण्डेशनका अध्यक्ष डाक्टर प्रमोद अग्रवालले जानकारी दिनुभएको छ ।

अध्यक्ष अग्रवालका अनुसार फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने गरेको छ । फाउण्डेशनले स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूह सँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने थप योजना सार्वजनिक गरेको छ ।

फाउन्डेसनले सरकारी, गैरसरकारी संस्थाहरू, मेडिकल सेवा तथा अन्य क्षेत्रसँग सहकार्य गरेर स्वास्थ्य परीक्षणको सेवालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा सौर्यका प्रबन्ध निर्देशक डा. मोनिका अग्रवाल, प्रबन्धक लुइसजेम्स राईले कम्पनीले दिदैं आएका सेवाहरूमा प्रकाश परेका थिए ।

२०७० साल देखी सञ्चालनमा आएको सौर्य फाउन्डेसन धरानको आधुनिक प्रविधिका सुविधा सम्पन्न स्वास्थ्य परीक्षण सेवा प्रदायक कम्पनी हो ।

फाउण्डेशनद्धारा सञ्चालित सेवाहरुमा हाडजोर्नि नसाका समस्याको उपचार, फिजियो थेरापी, दाँत सम्बन्धी सबै उपचार, सुरक्षित गर्भपतन, कान नसुन्नेहरूको परीक्षण सेवा सञ्चालनमा रहेको छ ।

ल्याब सेवामा भिटामिन डी, भिटामिन डी जाँच, होलबडी जाँच, थाइराइड, भिडियो एक्स–रे, डिजिटल एक्स–रे, कोलेस्ट्रोल, कलेजो र मिर्गौला जाँच, मुटु रोगको इसिजि परीक्षण लगायतका परीक्षणहरूमा न्यूनतम शुल्क कायम गरिएको सञ्चालकले जानकारी दिएकाछन् ।

कार्यक्रमको संयोजन नेपाल पत्रकार महासङ्घ सुनसरीले गरेको थियो । फाउण्डेशले सञ्चारकर्मीहरूको लागि स्वास्थ्य निःशुल्क परीक्षण शिविर आयोजना गरेर सेवा दिएकोमा धन्यवाद ज्ञापन गनुभएको थियो । अध्यक्ष राईले आगामी दिनहरुमा पनि स्वास्थ्य क्षेत्रमा फाउण्डेशनसंग महासंघ सहकार्य गरेर अघि वढन तयार रहेको वताउनु भयो ।

कार्यक्रममा महासङ्घ प्रदेश समिति उपाध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश समिति सचिव देवेन्द्र कार्की,प्रदेश सदस्य पिवि दियाली,अग्रज पत्रकार हर्ष सुव्वा,वरिष्ठ पत्रकार गोपाल देवान लगायतको उपस्थिति रहेको थियो ।

मेहतालाई सौर्य हेल्थ केयर यूथ अवार्ड प्रदान गरिने

सौर्य हेल्थ केयर प्र्रा.लि.ले यस वर्षको ‘सौर्य यूथ अवार्ड’ स्वास्थ्यकर्मी उमेश मेहतालाई प्रदान गर्ने भएको छ ।

फाउन्डेसनले यस वर्ष उक्त अवार्ड धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहतालाई प्रदान गर्ने घोषणा गरेको छ ।

मेहेताले धरानमा कोरोना महामारीका बेला जनचेतना, कोभिड रोकथाम भ्याक्सिन अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आधारमा उक्त अवार्ड प्रदान गरिन लागेको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

कोविडको समयमा मेहताले ज्यानको वाजी लगाएर सेवामा खटिएका थिए ।

फाउन्डेसनले स्वास्थ्य सेवालाई सर्वोत्तम सेवा गर्दै सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने युवालाई प्रोत्साहित गर्न प्रत्येक वर्ष ‘सौर्य यूथ अवार्ड’ प्रदान गर्ने भएको छ ।

88 1 55 99

 

 

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic