व्यवसायसँगै समाजसेवामा श्रेया चस्मा घर  चौथो वार्षिकोत्सवमा निःशुल्क आखा शिविर

  • साउन ४, २०७९
  • १,००४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,४ साउन ः श्रेया चश्मा घर धरानले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि योगदान दिदै आएको छ ।

चस्मा घरले विगत वर्षहरुमा जस्तै यस वर्षपनि चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्चालक सुनिल गुरागाईका अनुसार मंगलवार धरान–९ कलेज रोड स्थित आफनै चश्मा घरमा भएको शिविरमा ६७ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।

चश्मा किनेर लगाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका ५ जनालाई निःशुल्क चश्मा समेत प्रदान गरिने जानकारी दिनुभयो ।

धरान–९ नं वडा कार्यालयले सिफारिस गरेका ५ जनालाई निःशुल्क चश्मा प्रदान गरीने सञ्चालक गुरागाईको भनाई रहेको छ ।

हिमाल आँखा अस्पताल विराटनगरका डाक्टर जितनारायण यादवले अधिकांश जेष्ठ नागरिकमा मोतीयाविन्दुको समस्या देखिएको र अन्यमा आँखा पाक्ने रोग देखा परेको जानकारी दिनुभयो ।

डा यादवका अनुसार शिविरमा आएका एक विरामीको आँखा भित्रबाट फलामको टुक्रा निकालिएको थियो । शिविरमा आँखा परिक्षण गराउनेहरुलाई निःशुल्क रुपमा औषधी समेत चश्मा घरले वितरण गरेको थियो ।

शुभकामना दिदै कार्यवाहक वडाध्यक्ष शरदरत्न पार्थिवले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा चश्मा घरले गरेको समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

वडा समिति सधै सहयार्य गरेर काम गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सञ्चालक गुरागाईले आगामी दिनहरुमा अन्य वडाहरुमा समेत शिविर कार्यक्रमलाई निरन्तरता दिदै जाने जानकारी दिनुभयो ।

श्रेया चश्मा घरले विभिन्न समयमा निःशुल्क आँखा शिविर गर्दै आएको छ ।आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिदै सामाजिक क्षेत्रमा योगदान पु¥याउदै जाने योजना रहेको गुरागाईको भनाई रहेको छ ।

व्यवसाय मात्र नभएर समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्र्दै जाने गुरागाईले उल्लेख गर्नुभयो ।

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic