व्यवसायसँगै समाजसेवामा श्रेया चस्मा घर  चौथो वार्षिकोत्सवमा निःशुल्क आखा शिविर

  • साउन ४, २०७९
  • ९८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,४ साउन ः श्रेया चश्मा घर धरानले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि योगदान दिदै आएको छ ।

चस्मा घरले विगत वर्षहरुमा जस्तै यस वर्षपनि चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्चालक सुनिल गुरागाईका अनुसार मंगलवार धरान–९ कलेज रोड स्थित आफनै चश्मा घरमा भएको शिविरमा ६७ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।

चश्मा किनेर लगाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका ५ जनालाई निःशुल्क चश्मा समेत प्रदान गरिने जानकारी दिनुभयो ।

धरान–९ नं वडा कार्यालयले सिफारिस गरेका ५ जनालाई निःशुल्क चश्मा प्रदान गरीने सञ्चालक गुरागाईको भनाई रहेको छ ।

हिमाल आँखा अस्पताल विराटनगरका डाक्टर जितनारायण यादवले अधिकांश जेष्ठ नागरिकमा मोतीयाविन्दुको समस्या देखिएको र अन्यमा आँखा पाक्ने रोग देखा परेको जानकारी दिनुभयो ।

डा यादवका अनुसार शिविरमा आएका एक विरामीको आँखा भित्रबाट फलामको टुक्रा निकालिएको थियो । शिविरमा आँखा परिक्षण गराउनेहरुलाई निःशुल्क रुपमा औषधी समेत चश्मा घरले वितरण गरेको थियो ।

शुभकामना दिदै कार्यवाहक वडाध्यक्ष शरदरत्न पार्थिवले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा चश्मा घरले गरेको समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

वडा समिति सधै सहयार्य गरेर काम गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सञ्चालक गुरागाईले आगामी दिनहरुमा अन्य वडाहरुमा समेत शिविर कार्यक्रमलाई निरन्तरता दिदै जाने जानकारी दिनुभयो ।

श्रेया चश्मा घरले विभिन्न समयमा निःशुल्क आँखा शिविर गर्दै आएको छ ।आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिदै सामाजिक क्षेत्रमा योगदान पु¥याउदै जाने योजना रहेको गुरागाईको भनाई रहेको छ ।

व्यवसाय मात्र नभएर समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्र्दै जाने गुरागाईले उल्लेख गर्नुभयो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic