संखुवासभा भोटे गुम्वा निर्माणको नेतृत्व मिथुन भोटेले गर्ने

  • साउन १७, २०७९
  • ३,४३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः संखुवासभाबाट काठमाडौं गई वसोवास गरेका भोटे समुदायले आफ्नो धार्मिक कार्यका लागि संखुवासभा भोटे गुम्वा निर्माण गर्ने भएकाछन् ।

विगत तीन दशक भन्दा लामो समयदेखि करिव ८ हजार भोटे समुदाय काठमाडौ वसोवास गर्दै आएकाछन् ।

गुम्वा निर्माणका लागि मिथुन चाङ्पा भोटेको अध्यक्षतामा ११ सदस्यीय संखुवासभा भोटे गुम्वा निर्माण समिति समेत निर्माण भएको छ ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्ष – तप्चेन भोटे,,तेम्बा भोटे,ल्हाक्पा भोटे, ठिजुङ भोटे चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा दोर्जे भोटे, फुर्पु जेनजेन भोटे, निशा भोटे,सुमि भोटे, सोनु भोटे,ल्हाक्पा छेजिक भोटे रहेकाछन् ।

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको सो गुम्वाका लागि जग्गा खरीद वा सरकारी जग्गाका लागि पहिल दुवै कार्यका लागि समितिले योजना वनाएको समितिका अध्यक्ष मिथुना भोटेले जानकारी दिएकाछन् ।

काठमाडौं आई बसोबास गर्ने हजारौं भोटे बौद्ध धर्मावलम्बीहरुको लागि आस्थाको मन्दिर कही पनि नभएकोले भोटे गुम्बा निर्माण गर्न लागिएको अध्यक्ष भोटेको भनाई रहेको छ ।

समितिको लागि गुम्वा निर्माणको लागि जग्गा व्यवस्थापन गर्नु चुनौति रहेको वताउदै जुनसुकै चुनौतिको सामना गरेर भएपनि गुम्बा निर्माण पूरा गर्नुपर्ने समितिको जिम्मेवारी रहेको उनले वताएकाछन् ।

सवै खाले चुनौतीलाई सामना गरेर भएपनि धेरै बर्ष देखि हाम्रो भोटे समुदायले देखेको एउटा ठुलो सपना पूरा गर्ने अवसर समितिको जिम्मेवारी काधमा आएको समितिको भनाई रहेको छ ।

अध्यक्ष भोटेले गुम्वा निर्माणका लागि सहयोग गरीदिन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी दाताहरु शुभेच्छुकहरुमा अपिल समेत गरेकाछन् ।

गुम्वा निर्माणका लागि जग्मा खरीद वा सरकारी जग्गाका लागि सरकारसंग माग गर्ने दुवै कार्यमा आफूहरु अहोरात्र लागि पर्ने समितिले प्रतिवद्धता जनाएको छ ।

सरकारी जग्गा प्राप्त नभएमा कुनै ठाउमा जग्गा खरीद गरेर पनि गुम्वा निर्माण गरीने भएकोले सो कार्यमा आर्थिक सहयोग संकलनमा सहयोग गरीदिन अध्यक्ष भोटेले अपिल समेत गरेकाछन् ।

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic