गठबन्धन दलमा सिट बाँडफाँडमा सहमति कस्लाई कति सिट

  • साउन ३१, २०७९
  • १,६०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ३१ साउन ः लामो छलफल पछि सत्तारुढ गठबन्धन दलहरुबीचमा सिट बाँडफाँडको सहमति वनेको छ ।

स्रोतका अनुसार प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेसले ९० सिट लिने सहमति भएको छ ।

गठबन्धनका ठूलो घटक कांग्रेस र माओवादी केन्द्रले क्रमशः ९० र ४० सिट लिने सहमति भएको छ ।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८ र उपेन्द्र यादव नेतृत्वको जसपाले १६ सिट लिने सहमति भएको छ भने जनमोर्चाले १ सिट लिने भएको छ ।

यस अघि काग्रेसले १सय सिट आफूले लिने अडान लिएको थियो ।

माओवादीले पाउने ४० सिटमध्ये बाबुराम भट्टराई, महिन्द्र राय यादव र बामदेव गौतम भने माओवादी केन्द्रकै ४० सिटमध्येबाट चुनाव लड्ने बताईएको छ ।

यसअघि भट्टराई र गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति भैसकेको छ ।
आन्तरीक रुपमा पार्टी भित्र बावुराम र बामदेवको विषयलाई लिएर भने तिव्र असन्तुष्टि पैदा भएको छ ।

 

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic