प्रेस सेन्टर सुनसरीको इटहरीमा पत्रकारिता तालिम

  • भदौ ६, २०७९
  • २,२४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ भदौः प्रेस सेन्टर नेपाल सुनसरीले तीन दिने आधारभूत पत्रकारीता तथा सार्वजनिक भाषणकला तालिम सम्पन्न गरेको छ ।

सेन्टरले इटहरीमा विहिवारबाट सुरु गरेको ३ दिवसिय आधारभुत पत्रकारिता तथा सार्बजनिक भाषणकला तालिम शनिबार सम्पन्न गरेको हो ।

2 final photo

पिसजोन आवासिय मा.बि. (प्लस टु) को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट गरी जम्मा ८२ जना विद्यार्थीहरु सहभागि भएको सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

सहभागिहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको थियो। पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागिहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए।

तिन दिनसम्म महेन्द्र बहुमुखि क्याम्पसका उप–प्राध्यापक एबम कोशि पत्र दैनिकका सम्पादक राजेस बिद्रोहि, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई र तिर्थ कार्कीले तालिमको सहजिकरण गरे।तालिमको पहिलो दिन सेन्टरका केन्द्रीय उप–महासचिव राजन केडि र केन्द्रीय सदस्य अर्जुन शर्माले सहभागिहरुलाई पत्रकारिताको महत्वको बारेमा प्रष्ट पारे।

तालिमबाट अगाडि गएर बोल्न आत्माबिश्वास बढ्नुका साथै पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान प्राप्त भएको सहभागि मनिषा घिमिरेले बताईन।

त्यस्तै पत्रकारिता के हो भन्ने बारेमा आधारभुत कुरा सिक्न पाएको अर्का सहभागि सुबास खत्रीले अनुभव सुनाए।

सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, सञ्चार बिज्ञ एबम बाम बुद्धिजिवि राजेन्द्र किराति,महासङ्घका पुर्ब अध्यक्ष एबम सेन्टरका केन्द्रीय सदस्य केसब घिमिरे, नबिन दाहाल, अर्जुन पौडेल, प्रदिप घिमिरे लगायतले प्रमाण–पत्र बितरण गरेका थिए सेन्टरका जिल्ला सह–सचिव मनोज निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष लक्ष्मि दङ्गाल, सदस्यहरु बिनिता कटुवाल र कृष्ण कार्कीको समेत उपस्थिति थियो।

सेन्टरले यस अघि धरानमा पनि तालिमको आयोजना गरेको थियो । अन्य संगठनको तुलनामा सेन्टरको सुनसरी कमिटी सकृय रहेका छ ।

1 final 3 final photo 4 final copy

shree g

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic