भेडेटार फुड फेस्टीवलको आयोजना हुने

  • पुस ९, २०७९
  • २४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ पुष ः विगत वर्ष झै यस वर्ष पनि भेडोटारमा भेडेटार फुड फेस्टीवलको आयोजना हुने भएको छ ।

सुनसरी र धनकुटाको सीमानामा रहेको साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्न लागिएको हो ।

विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्न लागिएका आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

आयोजकले शनिवार भेडेटारमा पत्रकार सम्मेलन गरी पौष १६, १७ र १८ गते फुड फेस्टिबल हुन लागेको जानकारी गराएको छ ।

दुई बर्ष कोरोनाको कारण शिथिल बनेको पर्यटनलाई फेस्टिबलको माध्यमबाट पुनः चलायमान बनाउनको लागि आयोजना हुन लागेको यो फेस्टिबललाई बृहत बनाउने आयोजक होटल एसोसिएसन भेडेटारका कार्य बाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन ।

आन्तरीक तथा बाहय पर्यटकलाई मध्यनजर गरी प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गानिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरु अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठको भनाई छ ।

कावा अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने छ भने यस क्षेत्रमा रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानमा पर्यटकलाई जानकारी दिने कार्यक्रम पनि तय भएको छ ।

सिएनएनले विश्वका १२ औ गन्त्वय स्थलमध्ये भेडेटारलाई आठौ स्थानमा राखे पनि सोचेजस्तो पर्यटन प्रवद्र्धन गर्न नसकिएको कावा अध्यक्ष श्रेष्ठको भनाई छ ।

एशोसिएनका अध्यक्ष समेत रहेका सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन प्रबद्र्धनमा यो महोत्वसक कोशेढुंगा सावित हुने बताए । उनले सागुरीगढीलाई स्पोर्ट टरिजमको रुपमा विकास गरेर लाने योजना गाउपालिकाको रहेको र नीति तथा कार्यक्रममा समेत यो विषय समावेश गरेको वताए ।

समुन्द्री तहबाट १४२० देखि १७०५ मिटरको उचाईमा रहेको भेडेटारको मौसमले पर्यटकीय लोभ्याउने गरेको छ । छिनछिनमा मौसम सफा हुने र छिनछिनमा बादल लाग्ने यो स्थानको पहिचान नै हो । फेस्टिबलमार्फत १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।

के के महोत्सवको विशेषता

स्थानीय अर्गानिक खेतिबाट उत्पादित तरकारी तथा फलफुलको प्रर्दशनी गराउने, हस्तकला कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, स्थानीय जातिय खानेकुराहरुको प्रर्दशनी, मौलिक परम्परागत सास्कृतिक झाकी कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको प्रस्तुती, हेली फनफ्लाइट, प्याराग्लाइडिङको मज्जा लिन सकिने लगायतको विशेषता रहेको आयोजकले जनाएको छ ।

के के रहेको छ फेष्टिवलको उदेश्य ?

लगानीको अवसरहरु श्रृजना हुने, पर्यटन क्षेत्रमा व्यवसायिक चेतनाको अभिवृद्धि हुने, विकासको पूर्वाधार भौतिक तथा आर्थिक विकास हुने, धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण तथा अवलोकन गर्न पाइने, साना तथा ठूला होटल व्यवसायहरु फस्टाउने र पर्यटकहरुको आगमन वढने, ओझेलमा परेका ऐतिहासिक धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने फेस्टिवलमा करिव १ करोड वरावरको आर्थिक कारोवार तथा २५ देखि ३० हजार पर्यटक भित्र्याउने लगायतका उदेश्य रहेको आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएकीछिन् ।

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic