माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

  • कार्तिक ८, २०८२
  • २,७८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ ।

एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले नेपाल प्रेसलाई बताए ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन । नेकपा एसले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ । यसबारेमा पनि ठूलो विमति भने नहुने नेताहरू बताउँछन् ।

स्रोतका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।

नेकपा माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवाद यसअघि नै छाडेको छ । अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहनेछ । त्यसमा जबजका आधारभूत मूल्य मान्यताहरू यथावत् राखिएको नेकपा एसका नेताहरूले बताएका छन् ।

एकीकरणपछि बन्ने पार्टीको नाममा अन्तिम टुंगो लाग्छ बाँकी छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहनेछ । पार्टीको नामको पछाडि समाजवादी भने राखिने वार्तामा सहभागी नेताहरूको भनाइ छ ।

नेकपा समाजवादी अर्कैको नाममा दर्ता रहेकाले वार्ताका क्रममा पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव पनि आएको थियो । तर नेकपा समाजवादी केन्द्रको छोटकारीनाम नेकपा ‘सके’ हुने भएकाले त्यो नाम नराख्ने र अहिलेकै नेकपा समाजवादी दर्ता गर्ने पक्षसँग छलफल गरेर टुंग्याइने भएको छ ।

पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ । विप्लवले ढिला गरे पनि दुई पार्टीबीच भने ढिला नगरी एकता घोषणा गर्दा अरू घटकहरूसँग एकताको वातावरण बन्ने नेतृत्व तहको बुझाइ रहेको छ ।

नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ । अर्कोतर्फ दुई अध्यक्षको विकल्प अघि सारिए पनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन् । विप्लवसहितको एकता हुँदा अध्यक्ष मण्डलको प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।

वार्ता टोलीका एक सदस्यले भने( पार्टी एकतामा अब समस्या रहेन । हिजो नेकपा एसमा अन्यौल थियो,माओवादीसँग एकता गर्दा ठूलै पङ्क्ति एमालेमा फर्किने हो कि भन्ने थियो तर अब त्यस्तो अवस्था छैन । झलनाथ खनाललाई पनि मिलाइएको छ र घनश्याम भुसालको पनि व्यवस्थापन हुने भएपछि अब एकता हुन्छ । तर नेतृत्व कसरी टुंग्याउने भन्ने चाहिँ हामीले प्रचण्ड र माधव नेपाललाई जिम्मा दिएका छौँ ।

पार्टीको मुख्य नेतृत्व प्रचण्ड र माधवले मिलाएपछि दुवै पक्षका पदाधिकारी मिलाएर सचिवालय बनाउने र अरू कमिटीहरू समायोजन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ ।

नेपाल प्रेसबाट

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic