फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारणलाई सास्ती

  • पुस २८, २०७९
  • १,६४० पटक पढिएको
  • सन्देश तिमल्सिना
alt धरान ९ स्थित पुतलि लाइन र शिव प्रकाश पथकाे सडक नालाकाे वेतिथि

छाल खवर

धरान,२८ पुष ः धरान पुर्वको मात्रै नभई नेपालकै सुन्दर र सफा शहरको रुपमा परिचित छ तर यहाँको सडकमा ड्रेन नहुदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । नालामा ड्रेन नहुदा सर्वसाधरणले बाटोमा हिड्न बाध्य छन् । बाटोमा हिड्दा सडक दुद्र्यटनाको जोखिम समेत बढ्दै गएको छ ।

साघुरो बाटो , सडक जाम त्यहि माथि जाथाभावी पार्किङको सास्तिले स्थानिय वाक्कदिक्क भएका छन् । नाला भए पनि नालामा डे्रन छैन जसको प्रत्यक्ष असर व्यवसायि र सर्वसाधरणलार्ई परेको छ । पानीले केही बगाउँदा खाली देखिएको उप–महानगरपालिका भित्रको मुख्य नाला १ बर्ष नपुग्दै फोहोरले पुनः भरिएको छ । फोहोरका कारण नालामा बग्ने पानी थुनिएको छ ।

दैनिक बजार क्षेत्रबाट आवात–जावत गर्ने नागरिकले नालाको अवस्था हेर्दै नाक खुम्च्याउँछन् तर, सफा र स्वच्छ नगरको नारा लगाउँदै आएको उप–महानगरपालिका कार्यालयले नालामा भरिएको फोहोर उठाउने विषयमा कुनै पहल थालेको देखिँदैन । नाला फोहोरले भरिएर दुर्गन्धित छ नालामा ड्रेन समेत छैन ।

धरानको मुख्य बजार पुतलीलाईन सडकजामले हिड्न समेत समस्या हुन्छ । त्यहि माथि नालामा ड्रेन समेत छैन जस्को कारण सर्वसाधारणलाई बजारमा आउन समेत जोखिम मोलेर हिड्नु बाध्यता हुन्छ । ड्रेन नभएको कारण र ड्रेन भएको स्थानमा समेत गाडि पार्किङ गरेर राखिएको हुन्छ । सो पार्किङ गर्ने अवस्थामा ड्रेनको कारण गाडि नालामामै फसेको हुन्छ ।

धरानको समृद्धि सपना बुन्ने तर सबैभन्दा धेरै फोहोर उत्पादन गर्ने व्यवसायीले पनि यसको जिम्मेवारी लिन चाहेका छैनन् फोहोरले नाला थुनिँदा पानी जमेको छ । साथै होटलका भान्साबाट निस्किएका कच्चा पदार्थ नालामै थुनिँदा नगरक्षेत्रभित्र दुर्गन्ध फैलिएको छ ।

दैनिक रुपमा फोहोर उठाउनका लागि नगरपालिकाले कर्मचारी खटाएपनि उनीहरुले मुख्य सडक छेउको फोहोर उठाउने बाहेक अन्य कुनै काम गर्न सकेका छैनन् ।

स्थानीय निकायले चासो नदिदा नालीको फोहोर गनाएर हिडडुल गर्न समेत समस्या भएको स्थानीय मनोज कार्कीले वताए ।

उप–महानगरको मुख्य सडक क्षेत्रभित्रको अवस्था हेरिनसक्नु छ। व्यवसायिका पसलबाट निस्केका कागज र होटल व्यवसायीका फोहोर नालामै मिसाउनाले भित्री क्षेत्रमा दुर्गन्ध फैलिएको नागरिकको गुनासो छ ।

निर्वाचित भएपछि उप–महानगरको फोहोर हटाउँदै स्वच्छ बनाउने नारा लगाएका जनप्रतिनिधिले अहिलेसम्म भित्री क्षेत्रका नालामा जम्मा भएको सयौं क्वीन्टल फोहोरको व्यवस्थापनका विषयमा कुनै योजना सार्वजनिक गरेका छैनन् ।

एक तथ्यांक अनुसार धरान उप–महानगरपालिका भित्र दैनिक ४० टन भन्दाबढी फोहर उत्पादन हुन्छ । फोहोरको उत्पादनबाट बायोम्याट्रिक ग्यास उत्पादन हुन्छ । धरानको फोहोर गुनासोको विषयमात्रै हैन आम्दानीको श्रोत पनि हो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic