घनश्यामपछि वामदेव र भीम रावललाई भित्र्याउने माधव नेपालको तयारी

  • माघ १२, २०७९
  • ४,५९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडांै,धरान,१२माघः केही दिन अघि वामपन्थि नेता घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएको नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको थियो । सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको वुझिएको छ ।

एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्यक्तिहरूसँग भइरहेको एकता प्रयत्नको प्रगतिबारे थप निर्णय गर्ने पार्टी स्रोतले जनाएकोछ ।

एकीकृत समाजवादी पछिल्लो समय माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेबाटै असन्तुष्ट रहेर अलग पार्टी बनाएका वामदेव गौतमलगायतसँग पनि निरन्तर संवादमा छ । उनीहरुबीच दस्तावेज आदान प्रदान भएर न्यूनतम सहमतिको खोजी गर्ने काम भइरहेको नेताहरूको भनाइ छ ।

त्यस्तै सो पार्टीले गत मङ्सिरको निर्वाचनमा स्थानीय पार्टी कमिटीबाट सिफारिस भएर पनि केन्द्रले टिकट नदिएका एमाले नेता भीम रावलसँग पनि संवाद जारी राखेको छ । अन्यसँग वार्ता टोलीमार्फत संवाद गरेको एकीकृत समाजवादीले रावलसँग भने अध्यक्ष माधव नेपाल आफैले संवाद जारी राखेका छन् ।

भीम रावलसँग अध्यक्ष माधव नेपालले नै वार्ता गरिरहनुभएको छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्,‘उहाँसँगको वार्ता प्रगतिबारे हामीलाई त्यति धेरै थाहा छैन ।’

एकीकृत समाजवादीमा प्रवेश गरेका घनश्याम भुसाललाई सो पार्टीको पुस ३० गते बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो । उनलाई अब बस्ने बैठकले महासचिवको जिम्मेवारी दिने सम्भावना रहेको कतिपय नेताहरूको भनाइ छ ।

घनश्याम भुसाल पार्टीमा आएर सचिवालय सदस्य नै भैसक्नुभयो । वामदेवसँग एकताका लागि दस्तावेज आदान प्रदान भएको छ । छिट्टै निष्कर्षमा पुग्न सक्छौ भन्ने मलाई विश्वास छ’, एकीकृत समाजवादीका उपमहासचिव तथा वार्ता टोलीका सदस्य समेत रहेका प्रकाश ज्वालाले बुधबार रातोपाटीसँगको कुराकानीमा भनेका थिए ।

एकीकृत समाजवादीले २१ गतेलाई बैठक बोलाएपछि नेता गौतमले समेत आफ्नो नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाएका छन् । माघ २१ गते स्थायी कमिटी बैठक बोलाएको गौतमको सचिवालयले जनाएको छ । उक्त बैठकमा एकताबारे भइरहेको कुराकानीबारे छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

गौतमलाई वरिष्ठ उपाध्यक्ष, बेदुरामलाई उपाध्यक्ष

एकीकृत समाजवादीका नेताहरूका अनुसार वामदेव गौतम पार्टीमा समाहित हुन चाहे उनलाई वरिष्ठ उपाध्यक्ष दिने अध्यक्ष नेपालको तयारी छ । माधव नेपाल निकट स्रोतका अनुसार गौतम आए उनलाई कार्यकारी अधिकारसहित वरिष्ठ उपाध्यक्ष सम्म दिन सकिने अध्यक्षको बुझाई छ ।

‘अहिलेसम्मको अवस्थामा वामदेव गौतम सकारात्मक नै हुनुहुन्छ । यदि उहाँ आउनुभयो भने उहाँले मागेको कार्यकारी अधिकारसहितको वरिष्ठ उपाध्यक्ष दिन सकिने अध्यक्षको आशय छ’, माधव नेपालनिकट श्रोतले भन्यो, ‘तर उहाँले पहिला आउने निर्णय गर्नुपर्‍यो ।’

त्यस्तै अध्यक्ष नेपालले अर्का नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने तयारी गरेका छन् ।

हाल महासचिव रहेका डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउन सकिने अध्यक्ष नेपालले आफू निकट नेता कार्यकर्तासँग सङ्केत गरेका छन् ।

अध्यक्षले प्रस्ट भन्नु त भएको छैन तर सङ्केत त्यही बुझिन्छ’, एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने, ‘सायद यो विषय २१ गतेको बैठकमा छलफल गरेर निर्णय हुनसक्छ ।’ त्यस्तै भीम रावलसँग पनि कुरा मिले उनलाई समेत उपाध्यक्ष दिनुपर्ने अवस्थामा नेपाल छन् ।

रातोपाटी डटकम

 

 

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic