भकारीमा प्रेस सेन्टरको सहयोग

  • माघ १५, २०७९
  • २,३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ ः आफ्नो वार्षिक उत्सवमा केही न केही कार्यक्रम गर्दै आएको प्रेस सेन्टर नेपाल सुनसरीले यस पटक ओझेलमा परेको सरकारी विद्यालयलाई सहयोग गरेको छ ।

सेन्टरले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा धरान–१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको स्कुललाई सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले वताए ।

सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्सव सञ्चार माध्यमको ध्यान नपुगेको, ओझेलमा परेको महत्त्वपूर्ण स्थान र समुदायका विषयहरूलाई उजागर गर्न स्थलगत रूपमा मनाउँदै आएको वताए ।

धरानको पुरानो भकारी स्कुल त्यस्तै ओझेलमा परेको विद्यालय भएको पनि घिमिरेले बताए।

वार्षिकोत्सवका अवसरमा विद्यालयका कक्षा १ देखी ५ का बालबालिकाहरूलाई सेन्टरले कापी र कलम वितरण गरेको थियो ।

उक्त अवसरमा नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष तथा धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई, हर्ष सुब्बाले ओझेलमा परेको विद्यालयमा कार्यक्रम आयोजना गरेर सेन्टरले पत्रकारहरूलाई स्कुलको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको बताए ।

प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालय ओझेलमा परेको बारेमा बताएका थिए ।

कार्यक्रममा सेन्टरका केन्द्रीय सचिव राजन केडी प्रमुख अतिथि थिए । कार्यक्रमको सभापतित्व सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले गरेका थिए । उक्त विद्यालय धरानमा शैक्षिक जागरणको मध्यकाल तिर २०१४ सालमा स्थापना भएको हो ।

विद्यालयका सबै छात्र छात्रालाई खाजा खुवाएको थियो। कक्षा १ देखी ८ सम्मको पठनपाठन हुने विद्यालयमा कुल ५० विद्यार्थी छन् । उनीहरूलाई प्रमुख अतिथि अतिथिहरूले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

  1 2 3 7 11 4 9 8 10 6 5

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic