एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना ,स्वास्थ्य अवस्था सामान्य

  • माघ २०, २०७९
  • २,४९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ,धरान,२० माघ ः अचानक वेहोस भएपछि नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएकाछन् ।

भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिएकाछन् ।

भुसाल शुक्रबार दिउँसो गाडी चलाइरहेका बेला अचानक बेहोस भएका थिए ।

चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको उपाध्यक्ष सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन् भने अरुलाई केही भएको छैन ।
नेता भुसाललाई मीनभवन स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic