पाचौं पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पुरा

  • माघ २४, २०७९
  • ६,८११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ माघ ः धरानमा आयोजना हुन लागेको प्रदेश १ स्तरीय पााचौं पुष्प व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सवै तयारी पुरा भएको र उद्रघाटनका लागि प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नेछन् ।

महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ ।

मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।
स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

। धरानलाई फूलबारीको शहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले प्रदर्शनीमा ५ सय भन्दा वढी प्रजातिका विरुवाहरु रहनेछन् भने मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्नुका साथै ७० लाख भन्दा वढीको व्यवसायिक कारोवार हुने अनुमान रहेको वताएकाछन् ।

पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहने पोखरेलले बताए । ती स्टलमा मौसमी,आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।

मेलामा झापाको धरमपुर, काकडभिट्टाका नर्सरीले सहभागीता जनाएकाछन् भने इटहरी, तरहरा चतरा, र वाङ्गेका गरी ५० स्टल रहेकाछन् । जसमा २ वटा आर्गानिक सव्जिका स्टलहरु रहेकाछन् भने २ वटा विषादीका औषधिका स्टल रहेकाछन् ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic