पाचौं पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पुरा

  • माघ २४, २०७९
  • ६,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ माघ ः धरानमा आयोजना हुन लागेको प्रदेश १ स्तरीय पााचौं पुष्प व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सवै तयारी पुरा भएको र उद्रघाटनका लागि प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नेछन् ।

महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ ।

मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।
स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

। धरानलाई फूलबारीको शहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले प्रदर्शनीमा ५ सय भन्दा वढी प्रजातिका विरुवाहरु रहनेछन् भने मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्नुका साथै ७० लाख भन्दा वढीको व्यवसायिक कारोवार हुने अनुमान रहेको वताएकाछन् ।

पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहने पोखरेलले बताए । ती स्टलमा मौसमी,आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।

मेलामा झापाको धरमपुर, काकडभिट्टाका नर्सरीले सहभागीता जनाएकाछन् भने इटहरी, तरहरा चतरा, र वाङ्गेका गरी ५० स्टल रहेकाछन् । जसमा २ वटा आर्गानिक सव्जिका स्टलहरु रहेकाछन् भने २ वटा विषादीका औषधिका स्टल रहेकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic