जानकी सामुुदायिक टोल सुुधार समितिद्धारा निःशुल्क आँखा शिविर

  • वैशाख १६, २०८०
  • २,३५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाखःधरान,१६ वैशाखः जानकी सामुदायिक टोल सुधार समिति धरान–१३ ले निःशुल्क आखा शिविर सम्पन्न गरेको छ ।

धरान–१२मा रह्ेको सुुर्य आइ केयरको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न गरेको हो ।

विभिन्न सामाजिक काम गर्दै आएको जानकी टोल सुुधार समितिले यस पटक भने आखा शिविरको आयोजना गरेको समितिका अध्यक्ष वखतमान गुरुङले जानकारी दिएकााछन् ।

शिविरमा १७८ जनाले आँखा परिक्षण गराएको समितिका पूर्व अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिएकाछन् ।

उनका अनुसार १२ जनालाई मोतियाविन्दु देखिएको , ५ जनाको आँखा भित्र मासु पलाएकोले अप्रेसन गर्नुुपर्ने र अन्यको भने कसैलाई औषधि लगाएर ठिक हुने र कसैलाई चस्मा लगाउनुपर्ने अवस्था देखिएको थियो । शिविरबाट धरान–१३, २०, १६ का जनता लाभान्वित भएका थिए ।

शिविरमा चेकजाचका क्रममा आखामा समस्या भएकाहरुलाई निःशुल्क औपधि वितरण गरीएको थियो भने कसैलाई समस्यामा वारेमा जानकारी गराईको थियो । उद्घाटन समारोहको अध्यक्षता समितिका अध्यक्ष वखतमान गुरुङले गरेका थिए भने धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले प्रमुख अतिथि रहेका थिए ।

काफ्लेले समाज सेवा एक्लैले गरेर मात्र नहुने वताउदै समाजका सवै पक्ष मिलेर अघि वढनुपर्नेमा जोड दिएका थिए ।
समाजका सल्लाहकार शिवकुमार भण्डारीले सवै मिलेर काम गरेको खण्डमा समाजमा जस्तो सुकै काम पनि गर्न सकिने वताए ।

समितिका अध्यक्ष वखतमान गुरुङले समाजले यस अघि पनि सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिदै जाने वताए ।

कार्यक्रमको संचालन समाजका सचिव प्रताप गौतमले संचालन गरेका थिए ।

32 88 1 bb oo nn yy 1 20230429_113543

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic