परिवार नियोजन संघमा निर्मला बिजयी

  • असार २३, २०८०
  • ६,२९७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२३ असार ः नेपाल परिवार नियोजन संघ सुनसरीको निर्वाचनमा निर्मला अधिकारी निर्बाचित भएकी छिन ।

शनिबार संघको कार्यालय धरान– ८ मा भएको नेपाल परिवार नियोजन संघको निर्वाचनमा अधिकारी विजयी वनेकी हुन ।

निर्वाचित अधिकारीले २६१ मत ल्याई बिजयी बनेकी थिइन भने निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत पाएका थिए ।

सभापति पदका अर्का प्रत्यासी अलिम अन्सारी (सत्रुधन) ले ३२ मतमा चित्त वुझाउनु परेको थियो ।

त्यस्तै यौनिक अल्पसंख्यक वा अपाङ्गतर्फ सुनिल खड्का बिजय भएका छन । उनले ३४९ मत ल्याई बिजय भएका हुन । त्यस्तै उनका प्रतिद्वन्द्वी बिद्याहाङ लिम्बु सुब्बाले १०४ मत मात्र प्राप्त गरेका थिए ।

कोषाध्यक्ष पदमा भने सागर प्रसाईं यस अघि नै निर्विरोध भएका छन् । महिला महिला सदस्यमा अगिता राई तथा हरिमाया बिश्वकर्मा युबा सदस्य तर्फ सस्कृती मास्के,यौन तथा प्रजनन स्वास्थ बिज्ञतर्फ कला थापा लेखातर्फ प्रेशिका निरौला, कानुन तर्फ बिनोद सुवेदी यस अघि नै निर्बिरोध निर्बाचित भईसकेका छन ।

नेपाल परिवार नियोजन संघमा आजीवन तथा साधारण सदस्य गरि कुल ८२४ सदस्यहरू रहेकोमा उक्त निर्वाचनमा ४६५ मत खसेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic