घिमिरेद्वारा पिताको सम्झनामा वीपी प्रतिष्ठानलाई व्हील चियर र विरामीलाई औषधि सहयोग

  • असार २६, २०८०
  • २,७५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ असार ः युवा शैक्षिक व्यवसायी समाजसेवी सुरेन्द्र घिमिरेले स्वर्गिय बुवा कमलापति घिमिरेको सम्झनामा वीपी प्रतिष्ठानका क्यान्सरका बिरामिहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन।

धरान–१४ निवासी घिमिरेले सोमबार प्रतिष्ठानको ओन्कोलोजि बिभागमा प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई सो सामाग्री सहयोग गरेका थिए ।

घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ वर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो।

बुवालाई प्रतिष्ठानमा क्यान्सरको उपचार गराउदा आफुले व्हील चियरको अभाव र कतिपय बिरामिका आफन्तले औषधि किन्न नसक्ने अबस्था नजिकबाट नियालेको हुनाले थोरै भए पनि राहत मिलोस भन्ने उदेश्यले बुवालाई स्मरण गर्दै सहयोग गरेको घिमिरेले बताए।

प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.दुलालले क्यान्सर पीडित बिरामिहरुका लागि स्वच्छ मनले सहयोग गर्नु अत्यन्तै महान कार्य भएको बताउदै सहयोगका लागि घिमिरेलाई धन्यवाद ब्यक्त गरेकी थिइन ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic